च्याम्पियन्स लिगमा सिटी आउट, टोटेनहम सेमिफाइनलमा


बैशाख ५, एजेन्सी । म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो ।

खेलको चौथो मिनेटमा नै रहिम स्ट्रलिङको गोलमा घरेल टोली अघि बढेको थियो । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । सातौ मिनेटमा ह्युङ मिन सनले बराबरी गोल फर्काए ।

१०औं मिनेटमा ह्युङ मिन सनले अर्काे गोल गरेपछि टोटेनहम २–१ ले अघि बढ्यो । लगत्तै बर्नाडो सिल्भाले गोल गरेपछि खेल २–२ गोलको बराबरी भयो ।

२१औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–२ को अग्रता बनायो । ५९औं मिनेटमा सर्जियो अग्विरोले गोल गरेपटि सिटीले ४–२ को अग्रता बनायो ।

७३औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गरेपछि खेल ४–३ को अवस्थामा पुग्दा अवे गोलमा टोटेनहम रह्यो । इन्ज्युरी समयमा अग्विरोले गोल गरेपनि भिएआरको सहायतामा अग्विरोको गोलले मान्यता पाएन । त्यसपछि थप गोल गर्न नसक्दा टोटेनहम अवे गोलमा चारमा पुग्न सफल भयो ।

टोटेनहमको जित संगै सेमिफाइनलमा आयाक्स संग भेट हुने भएको छ । सेमिफाइनलको पहिलो खेल आगामी अप्रिल ३० मा हुनेछ भने दोस्रो खेल मे ७ मा हुनेछ ।

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको