सल्यानका दृष्टिविहिन दाजुभाई भन्छन- ‘केहि जुटेको खान्छौँ, नहुँदा भोकै सुत्छौँ’ (भिडियाे)


चैत ४, सल्यान । जन्मजातै दृष्टिबिहिन भएर जन्मीएका सल्यानका दुई दाजुभाईले जिवन कष्टर बिताइरहेका छन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १२ डाँग्रीका दाजुभाई दृष्टिबिहीन् छन् । ५२ वर्षिय कर्ण बहादुर सुनार र उनका ४३ बर्षिय भाई रुद्र बहादुर सुनार जसले आखा देदैनन् । सानैमा बुबा आमा गुमाएका र आफु दृष्टिबिहीन भएर कष्टकर जिवन बिताएको उनिहरु बताउछन् ।

५२ बर्षिय कर्णबहादुरले आँखा नदेख्दा कहिलेकही भोकै बस्नुपर्ने दुखेसो गरे– “केहि जुटेको खान्छौँ, नहुँदा भोकै सुत्छौँ ।” खानेकुरा केहि नहुँदा भोकै बस्ने अबस्था हुनेगरेको उनिहरुले गुनासो सुनाए ।

उनले बिहे पनि गरेका छन् । उनका एक श्रीमती र ४ छोरी र एक छोरा छन् । जसमध्य तिनओटी छोरीको बिहे भैसकेको छ ।

भाई रुद्र बहादुरले पनि बिहे भएको थियो, तर उनकी श्रीमतीको मृत्यु भैसकेको छ । उनका एक छोरा र एक छोरी छन् । उनकी श्रीमती दाउरा ल्याउन जंगल गएको बेला मृत फेला परेकी थिइन् ।

बालबच्चा सानो भएकाले घर गुजारा गर्न पनि समस्या भएको दुई दाजुभाईले बताए । भाईले केहि गीत संगीत सुनाउने गरेपनि अवसर नपाएको बताए ।

अहिले सबै घरधन्दा कर्णबहादुरकी श्रीमतीले समालेकी छन् । उनले भनिन्– “१८ बर्षको उमेरमा बिहे गरेकी हुँ, गाह्रो छ जिवन चलाउन, जोत्ने खन्ने पनि आफै गर्छु ।”

सरकारले केहि रुपमा भत्ता दिएपनि भत्तको रकमले नपुग्ने उनिहरुले बताए । पहिले दुवैजनालाई सरकारले बराबर भत्ता दिएपनि अहिले भाईलाई २ हजार र दाईलाई ६ सय मात्रै दिएको बताए । उनले भने– “पहिले दुईभाईलाई बराबर भत्ता आउथ्यो, तर कसले बिगारिदियो, घटिबढी आउछ ।” दुवैजनाले आफुहरुलाई केहि सहयोग गरिदिनपनि आग्रह गरेका छन् ।

स्थानीय सुरेन्द्र बुढाले दुवै दाजुभाईले पहिले ढुंगा बोकेर पनि केहि जिवन गुजारा गरेको बताए । उनले भने– “उहाँहरुले अर्काको साहारामा पछिपछि समाएर ढुंगा बोक्ने काम गर्नुहुन्थ्यो, तर अहिले ट्याक्टरले ढंगा बोक्न थालेपछि त्यो पनि छैन् ।”

घरजग्गा धेरै नभएको र आकासे पानिको भरमा थोरै मात्रामा आम्दानी हुने गरेको उनले बताए । जग्गाको भरमा आम्दानी गरेर खाने वातावरण नभएको उनले बताए ।

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको