जीवन सिंह/चैत ४, बझाङ । बझाङमा ट्याक्टरको ट्रलीवाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षिय लोकेन्द्र रोकाया रहेका छन् ।
बझाङको खप्तड छान्ना गाँउपालीकाबाट बाजुरातर्फ जाँदै गरेको म १ त १११७ नम्बरको ट्रयाक्टरको ट्रलीवाट खसेर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस