सिके राउतले बनाए ‘जनमत पार्टी’, ३५ सदस्यीय केन्द्रीय समिति (विज्ञप्तिसहित)


चैत ४, काठमाडौं । मधेस छुट्टै देश बनाउने भन्दै स्वतन्त्र मधेस गठबन्धन बनाएका चन्द्रकान्त (सिके) राउतले नयाँ दल गठन गरेका छन् ।

सिरहाको लहानमा आइतबार र सोमबार भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले नेपालको संविधानभित्र रहेर नयाँ पार्टी निर्माण गरी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।

पार्टीको नाम जनमत पार्टी राखिएको छ । जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ ।  उक्त बैठकले अब पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि निर्णय गरेको छ ।

३५ सदस्यीय केन्द्रीत समिति 

यस्तै बैठकले पार्टीको केन्द्रीय समिति ३५ सदसिय बनाउने निर्णय गरेको छ ।

जसमा सिके राउत अध्यक्षमा आफै छन् भने केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु(मोरङ) सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सरिता यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी) नरेश कुशहवा( सर्लाही) वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा) सञ्जय शाह (पर्सा) धु्रव गौड (नवलपरासी) भोपेन्द्र यादव(रुपन्देही) हकिकुल्ला खान(कपिलबस्तु) राधा यादव(दाङ) इरफान अहमद शेष (बाँके) महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आसा मेहता (सुनसरी रहेका छन् ।

बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यक सहितको प्रतिनिधित्व हुनेगरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई दिएको छ ।

 

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको