समाजसेवी खरेलले रोल्पाको बिद्यालयका टुहुरा-अनाथ बालबालिकालाइ सहयोग गरे


चैत्र ४, काठमाण्डौ । दुर्गम रोल्पाको गंगादेब गाउपालिका ३ मा रहेको सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढारमा अध्यनरत टुहुरा-अनाथ बालबालिकाहरुको अक्षयकोषमा ५१ हजार रकम सहयोग गर्ने घोषणा समेत गरेका छन् । उक्त ठाउमा नमुना बिद्यालय बनाउने अभियान चलिरहेको छ ।

हाल अष्ट्रेलियामा रहेका दिला खरेलले नगरपालिकाको कर्मचारी हुँदा लिएको सबै तलब धुर्मुश सुन्तलीले बनाउन लागेको रगंशाला निर्माणलाई सहयोग गर्ने घोषणा गरेका छन् । भरतपुर महानगरपालिका–५ निवासी खरेलले सन् २००२ देखि २००५ सम्म भरतपुर नगरपालिकामा (ना. सु.) कम्प्युटर अपरेटरको रुपमा काम गरेका थिए । उक्त ३ वर्ष अवधिमा लिईएको सबै तलब रगंशाला निर्माणका लागि खरेलले सहयोग गर्न लागेका हुन् ।

परोपकारी कामहरुमा आफुलाइ समाहित गर्दै आईरहेका खरेलले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको तराइको मुसहर बस्ती निर्माणका लागि पनि केहि वर्ष अगाडी १ लाख सहयोग गरेका थिए ।

उनले आफु पढेको विद्यालय विश्व प्रकाश उच्च मा.वि. मंगलपुरमा इ–लाइव्रेरी निर्माणार्थ २ लाख समेत सहयोग गरेका थिए ।

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया पुगेका खरेल युवा व्यवसायी हुन् । अस्ट्रेलिया र नेपालमा लेखा, कर, वित्तीय र शैक्षिक परामर्श सम्वन्धि सेवाप्रदान गर्ने व्यवसाय इनोभेटिभ एसोसिएट्सका प्रवन्ध निर्देशक खरेल विगत १२ वर्षदेखि अस्ट्रलियामा बसोबास गर्दै आएका छन् ।

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको