चैत्र ४ काठमाडौँ । एकाएक सरकारले प्रतिवन्ध र नियन्त्रणमा लिएर दमन गरे पनि पार्टीले देशै भरी संगठन सुदृढिकरण र विस्तार अभियान तोकिएकै समयमा सम्पन्न भएको नेकपाका पोलिटब्युरो सदस्य अनील बिरहीले बताएका छन् ।
देशभर सय भन्दा बढी टिम निर्माण गरी यसले जनताको बीचमा जाने, संगठन निर्माण गर्ने कार्य भब्य रुपले सम्पन्न भएको र प्राय ब्युरोहरुमा समिक्षा समेत भईसकेको उनले बताए ।
माघ १ गतेदेखि देशभर एकसाथ चलेको अभियान सामाजिक फासीवादी सरकारको हस्तक्षेप, घेरावन्दी, धरपकड र नेता कार्यकर्ताहरुको गिराफ्तारी, जनताको घर घरमा खानतलासी गर्ने जस्ता षड्यन्त्रका बीच पार्टीले प्रभावकारी ढंगले सम्पन्न गरेको उनले बताए ।
सबै जसो पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यको नेतृत्वमा चलेको अभियानमा सयौं जनसंगठन निर्माण, जनवर्गीय संगठनहरुको बिस्तार, जनभेला, कोण सभा र सभाहरु गरिनुकासाथै जनश्रम सहित जनतासगँको सम्बन्ध थप प्रगाढ भएको नेताहरुले बताए ।
देशी विदेशी शक्ति केन्द्र र दलालहरुको उक्साहटमा प्रतिवन्ध लगाएको भन्दै नेताहरुले सो प्रतिवन्धले पार्टीलाई थप सुढृढ र शक्तिशाली बनाउने दावी गरेका छन् ।
प्रतिवन्धसगैं सरकारले सुरक्षा निकाय परिचालन गरेर देशै भर विप्लव नेकपाका नेता कार्यकर्ता पक्रिने र हातहतियार, वम विष्फोट, राजद्रोह जस्तो मुद्धा लगाएर लामो समय जेलमा राख्ने नीति लिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस