डडेल्धुरामा हाइस दुर्घटना हुँदा १० जना घाइते, २ को अवस्था गम्भीर


चैत ४, डडेल्धुरा । डडेल्धुराको गन्याधुरा गाउँपालिका-३ गुयलखेतमा गाडी (हाइस) दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १०: ३० बजेतिर दुर्घटनामा परेको हो ।

घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

घाइतेहरुलाई डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइएको छ । घाइते र गम्भीर घाइतेको नाम खुलेको छैन । दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ ।

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको