चैत ४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई साजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएकाछन् । उनले नेपालको कानूनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए ।
मन्त्रालयले संसद्मा दार्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफलका लागि आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘दर्ता भएनन् र नेपालविरुद्ध नचाहिने काम गरे बन्द गर्ने हो ।’
उनले यहाँका उपभोक्ताल तिरेको मूल्यको केही न केही लाभ नेपालले पाउनुपर्ने बताए । ‘नेपाल सबैको उपभोक्ता बजार मात्रै होइन होला नि?’ उनले भने ।, कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस