अन्तर विद्यालय विज्ञान प्रदर्शनी सम्पन्न


ज्ञानु गौतम/फागुन ६, रुकुम । चौरजहारी नगरपालिकाको आयोजना र मिदासको साथमा नगरपालिका स्तरिय अन्तर विद्यालय विज्ञान प्रदर्शनी २०७५ सम्पन्न भएको छ।

चौरजहारी नगरपालिकाका सबै आधारभुत र माध्यमिक विध्यालयहरूका विध्यार्थीहरूले विज्ञानमा पढेका सिद्धान्तलाई ब्यवहारमा लागु गर्न स्थानिय स्रोत र सामग्रीहरू प्रयोग गरि बिभिन्न जीवन उपयोगी सामग्रीहरू बनाएर प्रदर्शनी गरेका थिए।

उक्त प्रदर्शनीमा जील्ला समन्वय प्रमुख राज कुमार शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नगर प्रमुख बिशाल शर्मा बिषेश आथित्यता रहेको थियो ।

कार्यक्रमा नगर शिक्षा अधिकृत धनन्जय आचार्य हिमालय मा बि का प्र.अ.भिम बहादुर वलि, मिदास एजुकेसनका प्रबन्ध निर्देशक छत्र हरि कार्की, विज्ञान प्रशिक्षक माधब प्रशाद अधिकारीले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको