पुर्वप्रहरी हवल्दारले आफ्नै छोरी माथि बलात्कार, बडीखेलबाट पक्राउ


फागुन ०६, ललितपुर  । नेपाल प्रहरीका एक पुर्व हवल्दार आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी उनले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त पुर्वहवल्दार भगौडा प्रहरी पनि हुन् । उनका भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार घटना शुक्रबार राति ८ बजेको हो । ‘अभियुतmले मातेको बेला यस्तो अपराध गरेको खुलेको छ’, उनले भने ।

श्रीमती माइतीघर (पोखरा) गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका थिए । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो । हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । हेल्थपोष्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन् ।

घटना थाहा पाएपछि बालिकाकी आमा पोखराबाट काठमाडौँ आइरहेकी छन् । अभियुतmलाई आइतबार नै प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको थियो ।

नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालिका उमेर अनुसारको सजाय तोकिएको छ । बलात्कारको घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था छ ।

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको