बेल्जियममा २४औं जनयुद्ध दिवस र शहीद सप्ताहको कार्यक्रम सम्पन्न


फागुन ६, बेल्जियम । नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले २४औं जनयुद्ध दिवस आन्ट्वेर्पेन शहरमा बिशेष कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएको छ । साथै जनयुद्ध दिवस र शहीद सप्ताहको अवसर पारेर संगठनको बिस्तारित बैठक पनि सम्पन्न गरेको छ । संगठनका अध्यक्ष मेख गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यसमितिका सदस्य तथा शुभेक्छुकहरुको उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख अतिथ्यता, यूरोप मोर्चाका उपाध्यक्ष बदन योङ्गहाङ्ग र सल्लाहकार मणि राई अतिथी रहेको कार्यक्रममा देश, जनता र क्रान्तिको लागि अमूल्य जीवन अर्पण गर्ने शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।

उपस्थित सबैलाई मोर्चाका उपाध्यक्ष रकेन्द्र घिमिरेले स्वागत गर्दै कार्यक्रमको संचालन संगठनका महासचिव माकुना राइले गरेका थिए । २४औं जनयुद्ध दिवस र शहीद सप्ताहको अवसरमा संगठनका पदाधिआरी वक्ताहरुले यस दिवसको महत्व बारे प्रकाश पार्दै आ-आफ्ना धारणाहरु ब्यक्त ब्यक्त गरेका थिए । मोर्चाका सदस्य मुना राईले जनयुद्ध कालमा महिलाले निभाएको भूमिका बारे बोल्दै बेल्जियममा पनि हामी जे जती छौ, सबै दिदिबहिनीहरुले क्रान्तिको लागि उठ्ने बेला आएको छ । एक आपसमा हातेमालो गर्दै संगठनलाई उचाईमा पुर्याउन सक्दो कोशीस गर्नुपर्छ र सकृयता बढाउनु पर्छ भन्ने धारणा राखेका थिए ।

सल्लाहकार मणी राइले जनयुद्धले देशमा आमूल परिवर्तन गर्न खोजेको थियो । नेत्रित्वले धोखा दिदा बिचैमा तुहियो कि भन्ने लागेको थियो तर सबै खाले कठिनाईलाई पार गर्दै क्रान्ति फेरी नयाँ शिरा बाट अगाडि बढेको छ । एउटा नयाँ आशाको किरण पुन: जगाउदै एकिक्रित जनक्रान्तिको कार्यदिशामा अगाडि बढीरहेको छ । हामी जहाँ भए पनि नयाँ जनक्रातिलाई सक्दो सहयोग जुटाउने कोशीस गर्नुपर्ने कुरा ब्यक्त गरेका थिए ।

अर्का वक्ता बदन योङ्गहाङ्गले संगठनको स्थापनाकाल देखीको ईतिहास, गरिमा र महत्वबारे प्रकाश पार्दै वर्तमान अवस्था र आगामी दिनमा संगठनले खेल्नु पर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए । अर्का जोशिला युवा ईश्वर पाठकले ‘हामी भित्र लुकेको क्रान्ति: वैज्ञानिक समाजवादी क्रान्ति’ बारे १६ पृष्‍ठको गहन र विचारोत्तेजक लेख पढेर सुनाएका थिए । उपस्थित सबैले उक्त लेखको मुक्त कन्ठले प्रशंशा गरेका थिए ।

कार्यक्रमका प्रमूख अतिथी बिष्णु भुजेलले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै दलाल संसदीय व्यबस्थाको बिरुद्ध एकिक्रित जनक्रान्तिले हासिल गर्दै गएको सफलता र उचाइको बारेमा बिस्तारमा व्याख्या गरेका थिए । बेल्जियम लगायत यूरोपमा संगठित भैसकेका हाम्रो संगठनले पनि एकिक्रित जनक्रान्तिलाई जोड्दै वैज्ञानिक समाजवाद बारे बहस गर्नुपर्ने र स्थानीय तहमा नेपालीहरुले भोग्नु परेका समस्या हल गर्न कृयाशील रहनु पर्ने बिषयमा जोड दिएका थिए ।

जनयुद्ध दिवस र शहीद सप्ताहको अवसरमा सम्पन्न संगठनको बिस्तारित बैठकले वर्तमान कार्यसमितिलाई निरन्तरता दिदै एक कार्यकाल थप गरेको छ ।

६ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको