सरकारले लोकतन्त्रका बोलीहरुमा ‘भोटे ताल्चा’ झुन्ड्यायो !


सरस्वती अधिकारी । बोल्न र भन्न पाउने अभिव्यक्ति स्वतन्त्रता नागरिकहरुको मौलिक अधिकार सुरक्षित गर्ने कम्युनिष्टहरु हुन् । पन्चे र राजतन्त्र ब्यबस्थाले नागरिकहरुको बोलीमा ताल्चा लगाई दिएको थियो । त्यसको बिरुद्द खबदारी गर्न कम्युनिष्टहरुले नै सिकाएका हुन् ।

तर तिनै कम्युनिष्टहरुको ब्यबस्था आएपछि नागरिकहरुको बोलीमा भोटे ताल्चा नै ठोक्ने चेष्टा भैरहेको छ । बिषय गम्भीर छ !

एउटा सर्जक..! जसले झोलेवाद गर्न जानेन, अनि देश र जनताको आँखा खोल्नकै लागि गीतमार्फत संदेश फिजायो तर त्यहि गितमाथि प्रतिबन्द लगाइयो । अर्थात पशुपति शर्माको गाउने ओठमा ताल्चा ठोकीयो ।

तर यो ब्यबस्था भित्र जहाँ नागरिकको अनाहक खुलेआम हत्या हुन्छ, त्यसको भ्यालु हुदैन, अनि उसको अस्तित्व नै समाप्त हुन्छ । बजारमा बेच्न राखेको गुडिया र डली झैँ एउटी चेली कति बेला लुटिन्छे, त्यसको पनि कुनै मतलब हुँदैन । बलात्कृत बनेर समाचारका हेडलाइन छापछापत्ति छापिन्छन तर एउटी बालिकाको अस्मीतालाई कसरी जोगाउने भन्ने तिर यो व्यबस्थाको ध्यान पुग्दैन ।

यहि ब्यबस्था भित्र ३८ क्विन्टल सुनका डल्ला भित्रन्छन विमानस्थलबाट तर कसले, कसरी र कसको सेटिङमा भित्र्यायो त्यसको कुनै फैसल्ला छैन । बिमान किन्दा अरबौको घोटाला हुन्छ, त्यसको त झन् कुनै हिसावकिताब नै हुँदैन।

अनि एउटा सामान्य नागरिक वा सर्जकले ब्यबस्था भित्रको ब्यथिति बारे बोल्न नहुने रे ?

सर्जकले गित लेखे शव्द नै परिमार्जन गर्नुपर्ने ! जनताले सामाजिक संजालमा बिकृति र विसंगतिको बारेमा लेखे, उसले जेल जानुपर्ने । मिडियाले सरकारको पर्दाफास गर्ने कार्यक्रम चलाए कार्यक्रम नै बन्द गर्नु पर्ने । पत्रकारले समाचार लेखे जेल जानुपर्ने । के संघीय गणतन्त्रले प्रदान गरेको नागरिकको हक यहि हो ?

आफ्नो देशमा कमाउने केहि आधार नभएपछी परदेशिएका ती परदेशी दाजुभाई अनि दिदिबहिनिले रगत र पसिना बगाएर भित्र्याएको रेमिट्यान्सले जसोतसो देशको अर्थतन्त्र धानेकै छ तर त्यही परदेशी स्वदेश फर्कदा आफ्नो परिवारलाइ मायाको चिनो ल्याउदा जफत गरिदिने, यो कस्तो नियम हो सरकार ? के तिम्रो सुशान युक्त कानुन यहि हो ? जुन कानुन एउटा सामान्य व्यक्तिमा मात्र लागु हुन्छ ?

लोकतन्त्रमा सबैलाई प्रश्न गर्ने अधिकार हुन्छ भनेको हैन ? खोइ त प्रश्न गर्ने हाम्रो अधिकार ?

निर्मलाको हत्यारो बलात्कारी खोइ भनेर सोध्नै नहुने हो ? वाइडवडी प्रकरणमा अर्बौको अनियमितता गर्ने प्रमुख मान्छे को हो भनेर सोध्नै नहुने हो ? ३३ किलो सुन कहाँ पुग्यो भनेर चाँसो राख्ने नहुने हो ? अनि यसलाई लुटतन्त्र नभनेर के भन्न सक्छौ ? यसलाई अधिनायकवादी नभनेर के भन्न सक्छौ ?

सरकार ! तिम्रो अगाडी बहुमत पनि खिस्स हाँसिरहेछ र तिमीलाई नै गिज्याएर । तिमीमा अलिकति पनि लाज र शरम भन्ने कुरा नै रहेनछ । किनभने बारम्बार आफ्ना चेली नांगिएको टुलुटुलु हेरेर बसिरहेछौँ।

हुन् त, ती नांगियका चेलीहरु जनताका छोरी हुन् । तिमीहरुलाई फरक पर्दैन । तिमिलाइ सत्ताको मात चढेको छ । सत्ताधारीहरुलाई हिजो पनि बाल भएन, आज पनि बाल भएन !

आफ्नो भर्खरै हुर्कंदै गरेकी छोरीको अस्मिता लुटिए पो रातारात कानुन परिवर्तन गर्नु ! ती अभागी निर्मलाहरु त समाचारमा छापिनलाई नांगिएकि थिइन्। आफ्नो अस्मिता बजारमा लिलामी भयो अनि सक्कियो। आज हरेक दिन अबोध निर्मलाहरु यसरी नै अस्मिता लिलामी गर्दै छन्।

खोइ सरकार नामले सम्बोधन गर्ने निकाय कहाँ छ ? बहुमत नै अल्पमतमा परिरहेको अवस्थामा फाट्टफुट्ट बहुमतको सरकार अरे भन्ने भाषण मात्र सुन्न आएको छ।

सरकार छैन भनौं भने, एउटा सर्जकको सिर्जनालाइ प्रतिबन्द गर्न तल्लिन छ । ब्यथितिका बिरुद्द लेख्ने हातहरुलाइ हत्कड्डी भिराउन कस्सिएकै छ । सरकारका कुकर्मका बिरुद्द बोल्ने आवाजहरुलाइ बन्द गर्न तम्सिएकै छ ।

याद गर सरकार ! गलतको बिरुद्द खबरदारी गर्ने नपाउने तिम्रो व्यवस्था हो भने धेरै दिन टिक्दैन । अहिले जनतालाई तिम्रो भन्दा पनि पशुपति शर्मा, रवी लामिछाने, अनि धुर्मुस सुन्तलीको खाँचो छ । नपत्याए सामाजिक संजालका ढोकाहरु खोलेर हेर । तिम्रा फुस्रा भाषणदेखि जनता थाकिसके । सक्छौ काम गरेर देखाऊ सक्दैनौ पटक पटक शोषक बनि जनतामाथि बहुमतको दम्भ नदेखाऊ ।

छिमेकी भारतले देशको सिमा मिच्दा, त्यसो नगर भन्ने औकात सरकार संग छैन तर राज्य व्यवस्थाबाट अन्याय अत्याचारमा दबिएका आवाजहरु बुलन्द हुँदा घांटीनै निमोठ्न खोज्ने तिम्रा हर्कत कसैलाई सहिय छैनन् ।

 

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको