‘गीत बन्द होइन, भ्रष्ट्रचार बन्द गर’ सरकार !


‘गित बन्द होइन, भ्रष्ट्रचार बन्द गर’ भन्दै युवाहरुले राजधानीको माइतीघर मण्डलामा पशुपति शर्माको गित बेजोड बजाए । उनको गितमा नाचगान गर्दै युवाहरुद्वारा बिरोध प्रदर्शन समेत गरियो । युट्युवबाट शर्माले आफ्नो उक्त गित हटाएपछी सुन्न छुटेका सबैले एकपटक सुनौ भन्दै विभिन्न सामाजिक संजाल उपकरणहरुमा पनि गित अपलोड गरेर गायक शर्माको पक्षमा जनमत जुटेको छ ।

‘मलाई अमेरिका यहि, मलाई जापान पनि, यही मलाई बेलायत नि यहि’ भन्दै ६ वर्ष पहिले पशुपति शर्माले एउटा स्वाभिमानी गित गाएका थिए । आफ्नो कर्मभुमि प्रति स्नेह बोकेको गित अनिले पनि निकै लोक प्रिय छ । तर आज ६ वर्षपछी उनै पशुपति शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत ‘लुट्न सके लुट कान्छा ’ बोलको गित सार्वजनिक गरे ।

यसपालीको उनको गित गरिखाने बर्गको पक्षमा र लुटी खाने बर्गको विपक्षमा गाइएको गित छ । यो गितले लुटेर खाने बर्गको निद हराम गरिदिएको छ ।

गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने नत नेता भेटे, नत अरु कोही….! लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।

जुन गित नेपालीले असाध्यै मन पराए, यथार्थ धरातलबाट जन्मिएको गित छ तर त्यो गित सरकारलाई पचेन ।

पच्न पनि कति पचोस सुन पच्यो, बलात्कारी पचे, भ्रष्टाचारी पचे हुदा हुदा वाइड बडी समेत पच्यो ! प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले प्रधानमन्त्रीलाई गित मार्फत व्यंग गरेको पाएपछि वालुवाटारमा खैलाबैला समेत मच्चियो । फलस्वरुप, सरकारले उनको गितमाथि प्रतिबन्ध लगायो ।

६ वर्ष पहिले नेपालमा नै सम्बृद्धि देखेका गायक शर्माले अहिले आएर किन सम्बृद्धि देखेनन् । किन जताततै भ्रष्टाचारी, घुसखोरी देखे ? त्यो चाही उनैले जानुन । तर नेपालमा सम्बृद्धि आएर त पक्कै यो गित उनले ल्याएका भने हैनन् ।

प्रधानमन्त्रीले रेल ल्याउछौ, पानीजहाज ल्याउछौ भनेर उखान टुक्का भन्दै हिड्न पाउने तर शर्माले एउटा गीतको माध्यमबाट देशको यथार्थको विश्लेषण गर्न किन नपाउने ? के लोकतन्त्रले दिएको अधिकार यहि हो ?

गीतमा जस्तो विश्लेषण गरिएको छ, देशमा त्यो भन्दा बढी छ भ्रस्टाचार र घुसखोरी बढीरहेको छ, लुटैलुट छ ।

भ्रष्टाचार कहाँ छैन ? भ्रस्टाचारको छानवीन गर्ने भनिएको निकाए अख्तियारकै कर्मचारीले त हसुर्न सम्म हसुर छन, भने अन्यत्र के हालत होला ?

केहि समय अगाडी अधिकृतले जागिर खाएको २ वर्षीमै ७ करोड कमाए, के त्यो तिनको तलब थियो ? नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशककले १८ करोड भ्रस्टाचार गरे, अनि २ करोड धरौटीमा छुटे र १६ करोड पचाय ! के त्यसलाई अब उनको पेन्सन भनौ ?

यी त केहि ठुला उदाहरण मात्र हुन् साना-साना त कति छन् कति लेखेर भनेर साध्य नै हुदैन ।

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु जनताले नै बनाएका जनताकै छोराछोरी हुन । हो हामीले उहाहरुको सम्मान गर्नुपर्छ तर उहाहरु बारे, खबरदारी पनि गर्न पाउनु पर्छ । हामीलाई थाहा छ उहाहरु यी पदमा आउन भन्दा अगाडी स्थिति कस्तो थियो, अहिले कस्तो छ ।

देशमा भ्रष्टाचार जहिले सम्म रहिरहन्छ त्यहिले सम्म यस्ता बहादुर गितहरु उदाई रहने छन्, उदाई रहनु पर्छ ।

 

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको