बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १६ जना घाइते


जीवन सिंह/फागुन ६, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।

आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुर– धामीलेक सडकखण्डमा से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका हुन ।

दुर्घटनामा जयपृथ्वी नगरपालिका ११ धामीलेक घर भएका १२ वर्षीया समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशीको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ११ का कविता जोशी, अन्धिरा जोशी, जुनादेवी जोशी, जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशी गरी ७ जनालाई उपचारका लागि जिल्ला बाहिर फिफ़र गरिएको र सामान्य घाइतेहरुको जिल्ला अस्पताल बझाङमा भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको