जम्मू काश्मिरमा विस्फोट, मेजरसहित ४ जना सुरक्षाकर्मीको मृत्यु


फागुन ६, काठमाडौँ । भारत प्रशासित जम्मु–काश्मिरमा पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार भएको एक गोलीबारीमा सेनाका चार जवान मारिएको छन् भने एक जवान घाइते भएका छन् ।

अहिले गोलीबारी समाप्त भइसकेको तर सेनाको घेराबन्दी अहिले पनि जारी भएको बीबीसी हिन्दीले बताएको छ । पुलिस सूत्रका अनुसार सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए ।

सेनाले उक्त इलाकामा चरमपन्थी लुकेको सूचना पाएको थियो । सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले गोलीबारी सुरु गरे जसमा चार जवानको मृत्यु भयो । यसमा एक मेजर पनि समावेश छन् ।

सेनाको संयुक्त टोली गत हप्ता बिहिबार सरकारी सुरक्षा फौजमाथि भएको हमलापछि चरमपन्थीहरुको खोजी अभियान चलिरहेको छ । केही संदिग्ध इलाकामा सैनिकले फायरिङ गर्दा चरमपन्थीले गोलीबारी सुरु गरेका थिए ।

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको