इस्लामिक स्टेटमा भर्ना भएकी बेलायती किशोरीले छोरो जन्माइन्


एजेन्सी । बेलायतबाट आतंकवादी संगठन इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेकी किशोरीले छोरा जन्माएकी छिन् ।

उनका परिवारका वकिलका अनुसार उनले सिरियामा रहेको एक शरणार्थी शिविरमा छोरालाई जन्म दिएकी हुन् ।

सन् २०१५ मा शामिमा बेगम इस्लामिक स्टेटमा भर्ना हुन बेलायतबाट सिरिया पुगेकी थिइन् । उनले यसअघि आफू गर्भवती रहेको र आफ्ना छोराको उज्वल भविष्यका लागि बेलायत फर्किन चाहेको बताएकी थिइन् ।

उनको यो भनाइले उनलाई बेलायत फर्किन दिने वा नदिने विषयमा बेलायतमा बहस निम्त्याएको थियो । सन् २०१५ मा सिरिया पुगेपछि उनले इस्लामिक स्टेटका एकजना डच लडाकुसँग विवाह गरेको बताइएको छ ।

६ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको