केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चाँडै हुने


फागुन ६, काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को चरणमा प्रवेश गरेको छ ।

त्यसका लागि दुई देशका अधिकारीबीच वार्ता प्रक्रिया थालनी भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।

उनका अनुसार दुई देशका अधिकारीबीच २०७६ असारसम्म चीनमा तेस्रो वार्ता हुनेछ । यसअघि पहिलो वार्ता चीन र दोस्रो वार्ता मंसिरमा नेपालमा भइसकेको छ ।

अब हुने वार्ताको मुख्य एजेन्डा नै केरुङ काठमाडौँ रेलमार्ग हुनेछ । नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् ।

सम्भाव्यता अध्ययनले काठमाडौँदेखि केरुङसम्मको लम्बाइ ७२ किलोमिटर रहने देखाएको छ । त्यसका लागि २८० देखि ३०० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गर्न २०७४ कात्तिकमा नेपाल आएको चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीले २८० र्अ लाग्ने अनुमान गरेका थिए ।

६ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको