स्मरणशक्ति कम्जोर छ ? त्यसो भए यी खानेकुरामा ध्यान दिनुहोस !


स्वस्थ खबर । हामीमध्ये कतिपयले साना -साना कुराहरु छिट्टै बिर्सने गरेका छौं । बिशेष गरेर बिर्षने बानीले बिद्यार्थीलाई घाटा लाग्ने गर्दछ । आफुले पढेको कुराहरु छिट्टै बिर्सेपछि परीक्षाको बेला समस्या पर्छ । कसैको स्मरणशक्ति तेज हुन्छ भने कसैको स्मरणशक्ति कम्जोर हुन्छ ।

आखिर किन यस्तो हुन्छ भन्ने बारेमा गरिएको एक अनुसन्धानबाट पैष्टिक तत्वको कमि भएको कारण यस्तो समस्याहरु देखिने गरेको पाइएको छ । त्यसो भए स्मरणशक्ति बढाउनलाई के-कस्ता खाने कुरा खानु उपयुक्त हुन्छ त ? त्यसको बारेमा हामी तपाइँलाई तल जानकारी दिनेछौं ।

१.गोलभेँडा : गोलभेँडामा प्रोटिन, भिटामिन जस्ता विभिन्न किसिमका लवण तत्व पाइन्छ । त्यतिमात्र हैन गोलभेँडामा पाइने लाइकोपिन तत्वले शरिरलाई स्वतन्त्र रेडिकल्सको सुरक्षा दिने भएकाले मस्तिष्क कोषको क्षयिकरणलाई राक्छ ।

२.ओखर : हरेक दिन ओखरको सेवन गर्नाले स्मरण शक्ति बढ्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फइबर, एन्टि अक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ ।

३.स्ट्रबरी : स्ट्रबेरीमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने भएकाले मष्तिस्कका कोषहरुलाई क्षति हुनबाट बचाउँछ ।

४.दही : विभिन्न किसिमका लवण तत्वहरु पाइने दहीले शरिरका हानीकारक जीवाणुलाई नष्ट गर्छ । दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गर्नुको साथै स्मरण शक्तिलाई बढाउँछ ।

५.जाइफल : जाइफलले चिसोलाई मात्र बचाउने नभएर मष्तिस्कलाई स्वस्थ राख्न र स्मरण शक्तिलाई बढाउन सहयोग गर्छ ।

६.तुलसी : मसलाको रुपमा प्रयोग गरिने तुलसीको पात दिनको २,३ पत्ता आँदा छिटै भुल्ने समस्या भएका व्यक्तिको लागि राम्रो हुन्छ ।

७.अलैँची : प्रसस्त मात्रामा प्रोटिन पाइने भएकाले अलैँचीको सेवन गर्दा मस्तिष्कलाई स्वस्थ राख्न सकिन्छ ।

८.चिया : नियमीत रुपमा चिया,कफी, बेसार, दालचिनी, मरिचको सेवन गर्दा मस्तिष्कको क्षमता बढ्ने विभिन्न परिक्षणहरुबाट प्रामाणित भएको छ ।

४ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको