रबि र इशा बारे टिप्पणी गर्दा भाइरल बनेकी सम्झनाको नजरमा सावित्री सुबेदी (भिडियो)


माघ ४, काठमाडौं । यसअघि सम्म रबि लामिछाने र इशा लामिछानेको पारिवारिक बिषयले देशमा निकै हलचल पैदा भयो । त्यसको प्रत्यक्ष प्रभाव अहिले सम्म पनि परिरहेको छ । रबि र इशाको पारिवारिक बिषयलाई लिएर पक्ष र विपक्ष बन्दै मानव विचार र भावनाहरु खण्डित बने ।

रबी लामिछाने र इशा लामिछाने सदाकालागि बैबाहिक जीवनबाट अलग भए, त्यो उनीहरुको निजि बिषय थियो तर उनीहरुको पारिवारिक बिषयलाई लिएर अहिले पनि पक्ष र विपक्षहरु बीच पानी बाराबारको स्थिति कायम छ ।

भलै त्यो पारिवारिक बिषय भएपनि कुन न्याय, कुन अन्याय भन्ने बिषय माथि भएका बहसका तिरहरुले धेरैलाई खण्डित बनायो, चित्त समेत दुखायो । त्यसको प्रभाव अहिले सम्म देखिरहेको छ । सामाजिक व्यक्तिका खुल्ला बिचारहरु सामुहिक हुन्छन । उसका आचरण र ब्यबहार तथा निजि जीवन समेत पब्लिक चासो र बहसको बिषय बन्छन । जहाँ सम्म यो स्वाभाविकै हो ।

यसैबिषयमा लेखिका सम्झना पौडेलको ‘भगवान कृष्णका १६ सय गोपीनी हुने, उनको ३ वटी किन नहुने ?’ भन्ने शिर्षकमा पहिलो पटक पोष्टपाटी डटकममा आर्टिकल प्रकाशित भएको थियो ।

उक्त आर्टिकल पब्लिस भएपछी लेखिका पौडेल सामाजिक संजालमा निकै भाइरल बनिन । उनको लेखलाई सकारात्मक र नकारात्मक ढंगले ग्रहण गर्नेहरु उत्तिकै भेटीए । सतहमा चर्चाको बिषय पनि बन्यो ।

लेखिका स्वयम महिला भएको हुँदा इशा लामिछानेको पक्षमा केहि न्यायिक झुकाव देखिन्थ्यो, त्यस अर्थमा रबि लामिछानेका समर्थकहरुले लेखक पौडेललाई इशाबाट पैसा खाएर उनको पक्षमा लेखेको आरोप समेत लगाएका थिए ।

रबि लामिछानेका समर्थकहरुले इशा लामिछानेलाई नै एकोहोरो दोषी देखाए पछी उनले आफ्नो लेखमा यस्तो टिप्पणी गरेकी थिइन् ‘केहि महिलाहरुले इशाले नै घर बिगारे भनेर भनेका छन् । एउटा सामान्य पुरुषले घरमा रक्सी खाएर आउँदा महिला हिंसा भयो भनेर फलाक्ने महिलाअधिकारवादीहरु कहाँ छन् ? कि भगवान मानेको भएर उनलाई सबै छुट दिने ? कृष्ण भगवानले १६०० बिहे गरे अमुकपात्रकोे त ३ वटा भनेर छुट दिने हो भने त्यो कुर्तक मात्रै हो ।’

यसै बिषयलाइ लिएर एक युटुब अनलाइनलाई अन्तरवार्ता दिंदै थप प्रस्ट्याएकि छन । हेर्नुहोस भिडियो अन्तरवार्ता ।

२०७५ माघ ४,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको