परिवारको खुशी खोज्न परदेशीएका रोल्पाका युवा यसरी फर्किए रातो बाकसमा ! [भिडियो]


पुस ०१, रोल्पा । नियतिले भनौ वा भाग्यले भनौ नेपाली युवाहरुलाई परदेश पस्नै पर्ने छ । लाखौ युवाहरु यतिखेर सपनाको सहर खोज्दै काठमान्डौको अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा लाईन लागेका छन् । त्यहि एउटा बाटो भएर आउने जानेहरुको घुईचो छ । अलिकति आशा, अलिधेरै भावना बोकेर खाडी मुलुक उड्ने युवाहरुको ताँती छ ।

यस्तै ताँतीलाई पछ्याएर सपनाको सहर खोज्दै २० अक्टोबर २०१७ मा काठमान्डौ त्रिभुवन विमानस्थलबाट रोजगारको सिलसिलामा रोल्पाका लोक बहादुर बुढा मगर मलेसिया उडे । उसो त उनि यस अघि पनि २ वर्ष साउदी बसेका थिए ।

रोल्पा गंगादेव -७ जाएचौर घर भएका बुढा मगरले श्रीमती, एक छोरा अनि बाबा लगाएतको परिवारलाई छोडेर मलेसिया पुगेको २६ महिना बितिसके छ । अब उनि घर छुट्टीमा आउने समय आउदै थियो । प्राय ३ वर्ष कटे पछि छुट्टी दिने कम्पनिको चलन हुन्छ । यसरि केहि महिनामा घर फर्किने सपना बुनि रहेका लोक बहादुरको सपना गएको मंगलबार बिलाएर गयो ।

मलेसियामा सुरक्षा गार्डको काम गर्दै आएका लोक बहादुर सदा झैँ ड्युटी सकाएर, साँझ बिस्तारामा आराम गर्दै बिहान हतारमा ड्युटी जाने उनको परदेशको दिन चर्या थियो ।

त्यसरी नै गएको साता अक्टोबर ९ तारिखको ड्युटी सकाएर, खाना खाइवरी सुते, बिहान सबेरै उठ्नु जो थियो । चलिरहने घडीले १० अक्टोबरको बिहान करिब ३ बजाएको थियो । लोक बहादुरको ड्युटीको समय नजिकिदै थियो, तर उनको जिबनमा अर्को भय आइलाग्यो ।

उनि सुतिरहेको बिस्तारामा एक्कासि छट्पट्टिए । उनको रुममा बेडमाथि-बेडमुनि सुतिरहेका साथीहरुले थाहा पाए । हतारमा उठेर लोक बहादुरको अबस्था बुझ्दा आधा प्राण गैसकेको थियो । हतारमा डाक्टरलाई बोलाए, डाक्टरको सल्लाहअनुसार प्रथामिक उपचार पनि गरे, उनलाई ब्युझाउन मुखबाट पम्प दिए, छाती थिचेर स्वासप्रस्वास संचार गराउन हर प्रयत्न गरे, उनको प्राण फर्काउन हर प्रयास गरे तर उनि कहिलै नउठ्ने गरि प्राण त्याग गरि सदाकालागि सुतिदिए ।

सपनाको सहरमा सानो पारिवारिक संसारको सुख खोज्दै दिन रात भौतारी रहने त्यो युवा परदेश पसेको साढे २६ महिना पछि मङ्सिर २९ गते त्रिभुवन विमानस्थलमा लाश बनि रातो बाकसमा फर्किए । थोरै खुसि बोकेर एरपोर्टमा फर्किरहेका परदेशीहरुको बिचमा थिएनन उनि । थिए त केवल उनि रातो बाकस भित्र एकलै थिए । जुन बाकसले उनको परिवारको सारा सपनाहरु भत्काई दिएको थियो ।

उनको परिवारमा बज्रपात भयो । भाबिले उनको श्रीमतीको तग्दिरमा कलिलो उमेरमै बिधुवा लेखिदियो । आखिर भाबिको खेल हो या कर्मको खेल ६ बर्षको बाला उमेरमै छोरालाई टुहुरो बनाइदियो, त्यो पापी समयले ।

करिव ८ वर्ष पहिले उनले सिम्पानी चक्रीबाट बिहे गरेका थिए । अहिले ६ बर्षको छोरा छ । छोरालाई राम्रो शिक्षा दीक्षा दिलाउने उदेश्यले दाङमा आफन्तको घरमा राखेर पढाइ रहेका थिए ।

दाई प्रेम बहादुर बुढा पनि मलेसियामै रोजगाररत छन्, उनले भाईको स्वास्थ्यमा यसअघि कुनै समस्या नभएको बताए, उनले भने ‘बिरामी छु कहिलै भनेन, एलर्जी आउछ भन्थ्यो बेला-बेलामा तर औषधि खाएर ठिक भयो भन्थ्यो’ ।

उनको ६ बर्षिय एक छोरा छन । श्रीमती र बाबा पनि छन् । ३ भाई सन्तान मध्यका माइलो छोरा हुन् लोक बहादुर बुढा । उनको उमेर जम्मा २८ वर्षको भएको थियो । उनकि एक दिदि पनि छिन । आमाले भने यस अघिनै संसार छोडी सकेकी छिन ।

१ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको