थबाङलाई समर्पित जापानीज डाक्टर इसिदाको निस्वार्थ जिन्दगानी !


बिमलराज डाँगी/ पौष ०१, थवाङ रोल्पा । भन्निछ नि अरुको सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म हो । मान्छेहरु त्यही धर्म कमाउन अनेक दुख÷प्रयास गर्छन । धर्म कमाउनलाई त्यती सजिलो पनि रहेनछ ।

जापान जस्तो सुखसहेलमा जिन्दगी विताइरहेका डाक्टर इसिदाले अरुको सेवा गर्न सानै उमेर देखि रुचि राख्थे, त्यसैले हुनुपर्छ डा. इसिदाले आफ्नो रुचिअनुसार डाक्टरी पढे ।

जापानमा डाक्टर पढदै गर्दा उनले नेपालको बारे चासो राखे । त्यसमापनि युद्दको उद्गम थलो रोल्पाको थवाङ बारे बिशेष चासो राखे । इन्टरनेटको सहाराबाट धेरै कुराको अध्ययन गरे । इसिदाकोे मनमा एकपटक जसरी पनि रोल्पाको थवाङमा पुगेर थवाङ्गी जनतासंग भेट्ने र स्वस्थ स्थिति बुझ्ने तिब्र रहर जाग्यो ।

डाक्टर पढ्दै गर्दा उनलाई नेपाल आउने अवसर पनि जु¥यो । आज भन्दा २२ वर्ष पहिले उनी थवाङमा आइ पुगे । थवाङमा केही समयसम्म बसे । थवाङ वस्दै गर्दा डा. इसिदाले अझ धेरै अध्यन गर्न पाए । थवाङको संस्कृती, रितिरिवाज, सामाजिक स्वभाव र स्वास्थ्य उपाचारबाट पछाडी परेको पाएपछि, झनै उनको मन थवाङले तान्यो ।

‘मगरजातिहरु इमान्दार हुन्छन भन्नेकुरा मैले धेरै बुज्न पाए’ उनि सुनाउछन । थवाङको करिव एक वर्षको बसाई पछि डा. इसिदा जापान फर्कनु पर्ने भयो । थवाङ्गीहरुले डा. इसिदालाई थवाङमै वस्न आग्रह गरे तर उनले थोरै समयको लागी मात्रै नेपालको भिसा पाएका थिए । त्यसैले उनले जापान फर्कदा पुनः थवाङ फर्किने बाचा गरेर, उनि जापान फर्किए ।

जापान फर्किएर संगै आफ्नै देशमा उनले डाक्टरी पेशाको जागीर सुरु गरे । जापानमा बसेर काम गरिरहदा आफ्नो देश भन्दा पनि बढि नेपालको दुर्गम ठाउ थवाङको सम्झनाले उनको दिललाई झकझक्याइ रह्यो । फर्किन्छु भन्दै दिएको बाचा कसमले उनको हृदय जलाई रह्यो ।

त्यहि समय ताका यता नेपालमा तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी माओवादीले जनयुद्ध थालनी ग¥यो । त्यो पनि त्यहि थवाङलाई उद्गम थलो बनाएर जनयुद्ध सुरु भयो । आफ्नो जागिर र यस्तै बिबिध कारण बस उनि नेपाल फर्किन पाएनन ।

करिव ६० वर्षको उमेर हुदा डा. इसिदाले सरकारी जागीरबाट अवकास लिए र नेपालको थवाङ आउने निधो गरे ।

जनयुद्धबाट थलिएको थवाङमा आएर उनी जनताको सेवामा लागे । नयाँ नेपालको हरेक राजनिती परिवर्तनमा थवाङ्गी जनताको अग्रगामी हात भएता पनि थवाङलाई सरकारमा पुगेका नेताले नै विर्सने गरेको उनको गुनासो छ । वि.स.२०६८ सालमा पुष्पकमल दाहाल प्रचण्ड थवाङ आउदा डा. इसिदाले आग्रह गरेको कुरा स्मरण गरे, ‘नेपालको राजधानी काठमाडौं र थवाङको दुरी हरेक कुरावाट धेरै टाढा रहेको र त्यो दुरीलाई विकासको गतिबाट नजिक ल्याउनु होला’ । यहि थवाङकै कारण प्रचण्ड अहिलेको ठाउमा पुगेको उनले बताए ।

अहिलेको नेपाल सरकारले हरेक गाउँपालिकामा १५ सैयाको अस्पताल हुनु पर्ने प्रावधान ल्याएको छ तर उनले काम गरिरहेको यस जलजला सामुदायिक अस्पताललाई स्वीकृत नगरेकोमा उनले दुखेसो पोखे । छिमेकी जिल्ला रुकुम, प्युठान र सल्यानबाट समेत यहाँ उपचार गराउनको लागी विरामीहरु आउने गरेका छन ।

उनले भने, ‘अहिले ७२ वर्ष पुगिसके मेरो श्रीमती र छोराहरु जापानमै वस्छन । उनिहरुले आफुसंगै वस्न आग्रह गर्छन तर मेरो मनले थवाङ छोड्न मानदैन । परिवार भेट्न वेला वेला समय निकालेर जापान जाने गरेको छु ।’ उनले थपे, छोराले यहाँ आफु वस्न नसके पनि मैले गरेको काममा मेरो जिवन पछि पनि यहाँको जनतालाइ सक्दो सहयोग गर्छु भनेको छ ।’

थवाङ्गीहरुको सेवा गर्दैगर्दा करिव ११ वर्षको अवधीमा उनको स्मृतिमा घटेको एउटा दुखद घटनाले बेलाबेला मन दुखाई रहन्छ । उपचार गर्दागर्दै सुत्केरी व्यथा लागेकी आमा र सिशु दुवैको आफ्नै हातमा ज्यान गएको एक दुखद क्षणले झस्काई रहन्छ उनलाई ।

उनले अस्पतालमा भएका समस्याहरु पनि सुनाए । अस्पतालमा जनशक्तिको अभाब छ, भने जस्तो भौतिक संरचना छैन, आबस्यक पर्ने प्रबिधि प्रयाप्त छैन, काम गर्न गाह्रो छ तर यहाँ भएको कर्मचारीहरुले आफुले सक्दो काम गरिरहनु भएको छ । तर पहिले भन्दा थवाङका जनताहरुमा अहिले शिक्षा स्वास्थ्य अवस्था धेरै सुधार भएको छ ।

आफु मरेपछि पनि थवाङमै अन्त्यस्टि चाहेको बताए । थवाङसंग गहिरो माया बसेको बह पोखे । गहभरि आँसु झार्दै भने ‘खै मेरो आयु कति छ, त्यो मलाई त थाहा छैन तर वाचुन्जेल यहि माटोमा थवाङ्गीहरुको सेवामै जिवन दिनेछु । यदि म मरिहाले भनेपनि मलाई यहि माटोमा, यहि ठाँउमा मर्न दिनु र यही थवाङमा मेरो अन्तिम कामकाज गरिदिनु ।’

डा. इसिदा वि.सं २०६६ साल देखी थवाङमा रहेको जलजला सामुदायिक अस्पताल थवाङमा कार्यरत छन् ।

१ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको