सल्यानमा वडाध्यक्षले दिए राजिनामा


मंसिर १, सल्यान । सल्यानका एकजना वडाध्यक्षले आफ्नाे जिम्मेवारीबाट राजिनामा दिएका छन् ।

जिल्लाको सिद्धकुमाख गाउपालिका ४ का वडाअध्यक्ष दिनेश कुमार बिएमले आफ्नो पदबाट राजीनामा दिएर शिक्षक जागिरमा लागेका छन् ।

शिक्षक सेवा आयोगले लिएको प्राथामिक तहको परिक्षामा मुस्ताङबाट स्थायी शिक्षकमा नाम निकालेपछि उनले जनप्रतिनिधिकाे जिम्मेवारीबाट राजिनामा दिएका हुन् । गत बुधबार गाउँपालिकामा आएर उनले राजिनामा दिएका हुन् ।

सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बिएमको राजिनामा स्वीकृत गर्दै जेष्ठ वडासदस्य बीर बहादुर खड्कालाई कार्यबाहक वडाअध्यक्षको जिम्मेबारी दिएकाे छ । खड्काले बिहीबारदेखी नै कार्यबाहक वडाअध्यक्षको रुपमा काम गर्न थालेकाे गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।

वडाध्यक्ष हुन खाेज्नेलाइ भाग्यले दिएन

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा बिएम नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्बाचित भएका हुन् । तर यहाँ राेचक तरिकाकाे मत खसेकाे थियाे ।

बिएम र उनका प्रतिद्वन्द्वी तत्कालिन एमालेका उमेदवार देबेन्द्र राेकाले बराबर मत ल्याएका थिए । जुन समान ३ सय २१ थियाे । पछि वडाध्यक्ष चुन्नलाइ गाेलाप्रथा गरिएकाे थियाे । गाेलाप्रथाबाट बिएमनै निर्वाचित भए । तर निर्वाचित भएकाे दुइवर्षमै राजिनामा दिए । उता बिएमका जति मत ल्याएका राेकाले भने जनप्रतिनिधिकाे अनुभवै गर्न पाएनन् ।

‘वडाअध्यक्षमा न त अधिकार देखियो न सुविधा नै । जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेको हुँ’ राजनैतिक पद छोडेर शिक्षक बनेका बिएमले भने- ‘बरु विद्यालयका विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु । शैक्षिक गुणस्तर सुधारका लागि म सेवा गर्न चाहन्छु ।’

अब राजनीतिमा फर्किन्न

वडाध्यक्षबाट राजिनामा दिएका बिएमले अब राजनीतिमा नफर्किने बताएका छन् । उनले शिक्षक भएरै समाजसेवा गर्ने बताए । उनि अहिले २८ वर्षका भएका छन् ।

२०७६ मंसिर १,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको