असोज ३०, युएई । युएईबाट वैधानिक तरिकाले हिमाल रेमिटमार्फत पैसा पठाउँदा खाना सित्तैमा पाइने भएको छ । युएईमा ३० वटा शाखाहरु भएको अल रोस्टमनी इन्टरनेसनल एक्सचेञ्जमा गएर नेपालमा हिमालयन बैंकको हिमाल रेमिट मार्फत पैसा पठाउँदा बर दुबईको फुलबारी रेस्टुरेन्टमा नेपाली खाना, मो मो वा चाउमिन सित्तैमा पाइने योजना सार्वजनिक भएको हिमाल रेमिटका युएई प्रमुख कमल पराजुलीले बताएका छन् ।
युएईका नेपालीहरुलाई वैधानिक रेमिट्यान्स गराउन निरन्तर क्रियाशिल पराजुलीले नेपालीहरुको खुसीका लागि हिमाल रेमिट सधैं अगाडि रहेको दाबी गरेका छन् ।
हिमाल रेमिट र अल रोस्टमनी इन्टरनेसनल एक्सचेञ्जसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताउँदै फुलबारी नेपाली रेस्टुरेन्टका संचालक ईश्वरप्रसाद उपाध्यायाले आगामी ३० नोभेम्बरसम्म यो योजना लागु हुने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस