असोज ३०, काठमाडौँ । सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
विप्लव नेकपाका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला नजिकै विप्लव नेकपाको बैठक भइरहेको सुचना पाएपछि प्रहरीले गयराती १ बजे छापा मारेको बताइएको छ । बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
यी हुन् पक्राउ पर्ने विप्लवका नेता-कार्यकर्ता
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल– वुद्धिजिवी
९) एकराज चौधरी -एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) -एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा.पा सेक्रेटरी
११) तिलक पुन -पूर्व जनमुक्ति सेना
१२) सुरज विक -दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका -पार्टी सदस्य
१४) पोष्टमान घर्ती -रोल्पा जिल्ला
१५) दलबहादुर खत्री१६) अमित घर्तिमगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) कुलबहादुर वली
२१) बिष्णु थापा
प्रतिक्रिया दिनुहोस