दाङबाट विप्लव नेकपाका कमाण्ड इन्चार्जसहित २१ जना पक्राउ


असोज ३०, दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रिय नेता सहित २१ जना कार्यकर्ता दाङबाट पक्राउ परेका छन् ।

दाङको राजपुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिए ।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव नेकपाका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेका छन् ।

३० आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको