काँग्रेसले ल्यायो तल्लो तहको संगठन निमार्णमा बन्देज !


श्रावन ०१, काठमान्डौ । नेपाली काँग्रेसको हालै पारित भएको नियमावलीमा एउटा अनौठो व्यवस्था गरिएको छ । जुन व्यवस्थाले पार्टीको संगठन नै ध्वस्त हुन सक्ने भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

परिमार्जन गर्ने गरी काँग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पारित पार्टी नियमावलीको धारा ५१ को उपधारा ८ मा जिल्ला समिति भन्दा तल्लो तह र भ्रातृ तथा शुभेच्छुकका सम्पर्क समिति गठन गर्न नपाइने व्यवस्था गरिएको छ ।

नियमावलीको उपधारा ८ मा भनिएको छ, ‘कुनै पनि जिल्लामा जिल्ला कार्यसमिति बाहेक प्रतिनिधिसभा, प्रदेशसभा, नगर, गाउँ, वडा, टोल वा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको कुनै पनि समिति रहने छैन ।’

यो व्यवस्थाले पार्टी नियमावलीमाथि थप विवाद उत्पन्न गराएको छ । केन्द्रीय कार्यसमितिमा नियमावली नियन्त्रणमुखी भएको भन्दै चर्को आलोचना भएको थियो ।

यस प्रावधानप्रति भ्रातृ संस्थाले समेत विरोध जनाएका छन् भने जिल्ला तहका नेताहरुले पनि वडादेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रले सम्पर्क समिति गठन गर्न पाउने अधिकार कटौतीको विरोध गरेका छन् ।

नेविसंघ ६० बढी जिल्ला सम्पर्क समिति छन् । यस्तै पार्टीको जिल्ला कार्य समिति मातहतका संस्थानमा पनि विभिन्न जिल्लामा सम्पर्क समिति गठन गरिएको छ, गरिँदै छ ।

यसअघिको पार्टी नियमावलीमा भनिएको छ, ‘अन्य जिल्लामा मतदाता नामावली रहेको काठमाडौं वा प्रदेश राजधानी वा अन्य जिल्लामा स्थायी वा अस्थायी बसोबास गरी बसेको नेपाली काँग्रेसका सदस्य वा नेपाली काँग्रेसका क्रियाशील सदस्य, नेपाली काँग्रेसप्रति प्रतिबद्ध व्यक्तिले तोकिएबजोजिम सम्पर्क समिति गठन गर्न सक्नेछ ।’

परिमार्जनपछि कार्यान्वयनमा जाने तयारीमा रहेको नियमावलीमा भने सो व्यवस्थामाथि अंकुश लगाइएको हो ।

१ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको