बाढी पीडित क्षेत्रमा नेताको घुईंचो: पीडितले आश्वासन पाए, राहत पाएनन


श्रावण १, रौतहट । तराइमा बाढीको डुवान समस्या हट्दै गएपछि रौतहटमा नेताहरुको निरीक्षण बाक्लो भएको छ । बाढी पीडितको स्थानको निरीक्षणमा आएका नेता र मन्त्रीले राहत भने केही ल्याएनन् । खाली हात आएका उनीहरुले आश्वासन भने बाँडेका थिए, यो खबर नयाँ पत्रिकामा छापिएको छ ।

पूर्व प्रधानमनत्री माधव नेपाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, मन्त्रीहरुले बाढीपछिको रौटहटमा निरीक्षण गरेका हुन् ।

बाढीपहिरोले गरेको क्षति र राहत तथा उद्धारको अवस्था बुझ्न बुधबार पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली हेलिकोप्टरमा रौतहट पुगेको थियो ।

प्रतिपक्ष दलका नेता देउवा ,बिमलेन्द्र निधिले पनि जिल्लाका विभिन्न बाढी पीडित ठाउँको निरीक्षण गरेका थिए । उनी सिमरासम्म प्लेनमा आएर रौतहट पुगेका थिए । देउवाले बाढी पीडितलाई राहत दिन सरकारले ढिलाई गरेकोमा आपत्ति जनाए । बाढी पीडितले केन्द्र र प्रदेश सरकारबाट राहत नपाएको गुनासो गरेका थिए ।

१ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको