लोक सेवाको अनलाइनमा समस्या आउदा फारम भर्न मुस्किल


असार २, काठमाडौं । लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।

स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट www.psconline.psc.gov.np/ मा सर्भरमा देखिएको समस्याले लोड नहुने देखिएको छ ।

अनलाइन सिस्टममा समस्या आएको स्वीकार्दै आयोगका प्रवक्ता किरणराज शर्माले सर्भर थप्ने काम भइरहेको बताए पनि अहिले सम्म काम गरेको छैन ।

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार हो । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् । फारम भर्नेहरूको चापका कारण सर्भरमा समस्या देखिएको छ ।

२०७६ असार २,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको