भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने गणतन्त्र कसको लागि?


असार १, काठमान्डौ । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै कांग्रेसलाइ प्रश्न गरेकी छन् , ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो?’

फोटो फाईल

भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको दाबी गर्दै यस्तो बताएकी हुन् ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले काठमाडौँ उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताइन् ।

उनले भनिन्,‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?’

संसदमा भावुक हुँदै शान्ताले थपिन्, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन?’

२ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको