विश्वलाई नेपाल चिनाउने, हिमाल मात्रै कति देखाउने ?


असार २, काठमाडौं । कीर्तिपुरको चोभारमा मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएपछि नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् ।

चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाउने पुरुष वास्तवमै विशालतम व्यक्तित्व हुन्, उनको शालिक पनि विशाल बन्नु आवश्यक थियो । जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्मित ३३ फिट अग्लो विशाल शालिक शनिबार विधिवत रुपमा अनावरण गरियो ।

‘बौद्ध दर्शनको अध्ययनका क्रममा मैले विश्वका धेरै मुलुक भ्रमण गरें, तर यति अग्लो मञ्जुश्रीको मूर्ति मैले अन्त कतै देखेको छैन’ बौद्ध विद्वान अजितमान तामाङले भने । उनका अनुसार चीनको उथाइसानमा मञ्जुश्रीका धेरै मूर्ति देखिन्छन्, तर यति अग्ला छैनन् ।

चीन तर्फबाट नेपाल आई योगदान गर्ने विद्वान्को इतिहासलाई उजागर गर्न, ढुंगाको यति चिल्लो कलात्मक मूर्ति विश्वलाई देखाउन र बुद्ध तथा बोधिसत्व मञ्जुश्रीको विचार विस्तार गर्न चोभारको मञ्जुश्रीको मूर्तिले विशेष महत्व राख्नेछ ।

विशाल कायका कारणले मात्र मञ्जुश्रीको श्रीवृद्धि भएको होइन, उनलाई विश्वले मान्ने २८ प्रकारका बुद्धमध्ये एक भएकाले पनि उनको महिमा उच्च छ । यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।

२ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको