साउदीबाट भागेर जर्जिया पुगेका दिदीबहिनीद्वारा सहयोगका लागि अपिल


एजेन्सी । साउदी अरेवियाबाट भागेर जर्जिया पुगेका दुई दिदीबहिनीले सहयोगका लागि अपिल गरेका छन्।

उनीहरुले आफूहरुलाई साउदी फिर्ता पठाए आफूहरुको हत्या हुन सक्ने भन्दै सहयोगको लागि अपिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उनीहरुले ‘जजिर्या सिस्टर्स’ नामको ट्वीटर ह्यान्डलबाट ट्वीट गरेर आफ्नो लागि सहयोगको अपिल गरेका हुन् ।

उनीहरुले ट्वीटसँगै आफ्नो पासपोर्टको फोटो समेत सार्वजनिक गरेका छन्। उनीहरुले आफूहरु २८ वर्षीया महा अल सुवी र २५ वर्षीया बफा अल सुबी भएको भन्दै आफ्नो पहिचान खुलाएका छन्।

गत जनवरीमा साउदी युवती राहफ मोहम्मद अल–कुनन साउदीबाट भागेर अष्ट्रेलिया जाने क्रममा थाइल्याण्डमा पक्राउ परेकी थिइन्। उनले ट्वीटरबाट आफ्नो जीवन रक्षाको माग गरेपछि संसारभर उनको बारेमा चासो व्यक्त गरिएको थियो।

४ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको