विप्लव नेकपाद्वारा देशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन (भिडियो)


बैशाख ४, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकाे पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा मशाल जुलुससहित प्रदर्शन गरेको छ ।

नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि (५ गते) नेपाल बन्दको आह्वान गरेको छ ।

काठमाडौं उपत्यकासिहत झापा, कपिलवस्तु, कर्णालिका जिल्लाहरु, सुदूरपश्चिमका कैलाली, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, कञ्चनपुरका विभिन्न स्थानहरुमा मशाल जुलुस प्रदर्शन भएका छन् ।

उनीहरुले पार्टीमाथिको प्रतिबन्ध फिर्ता गर, धरपकड र गिरफ्तारी बन्द गर जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

नेकपाका कार्यकर्ताहरुले काठमाडौंका विभिन्न स्थानमा सरकारविरुद्ध नारा लगाउँदै मशाल जुलुस बालेको भिडियोहरु सामाजिक संजामा पोष्ट गरिएका छन् ।

त्यस्तै नेकपा भक्तपुरले जिल्लाको लोकन्थलीमा मसाल जुलुस निकालेको छ । बन्दकै पुर्बसन्ध्यामा रुपन्देहीको कन्चन, देवदह, सैनामैना, ओमसतिया र लुम्बिनीमा मसाल जुलुस निकाल्दै भोलि हुने बन्दको लागि सहयोग गर्न अपिल गरिएको नेकपाका जिल्ला सेक्रेटरी अमरले जानकारी दिए । कपिलवस्तुको वाणगङ्गा-३, शिवराज-१ शिवपुर, बुद्धभुमीको डुमरा र बाण्गङा को बभनी चोकमा मसाल जुलुस भएकाे छ ।

नवलपुरमा प्रहरीले बुधबार राति करिब ९ बजेको समयमा राके जसलुस गर्ने क्रममा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य मध्यविन्दु ११का पुरूषोतम रेग्मीलाई गिरफ्तार गरेको बताएको छ ।

नेपाल बन्दका क्रममा सवारी साधन, शैक्षिक संस्था, उद्योग, बजार, कलकारखाना लगाएत बन्द हुने नेकपाले जनाएको छ । तर बन्दको दिन भने अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दमकल, शववाहन, कुटनैतिक नियोग, पत्रकार, दुध, पानी र विवाहको सवारी चल्न दिने नेकपाले जनाएको छ । त्यस्तै अस्पताल पनि खुल्ला हुने नेकपाका एक नेताले बताए ।

यसैबीच वैशाख ५ गतेकाे नेपाल बन्द कार्यक्रमलाई सफल पार्न सम्पूर्ण यातायात व्यवसायी, उद्योगी, व्यापारी, मजदुर, बुद्धिजीवी लगायत सम्पूर्ण आम जनसमुदायमा सहयोग गरिदिन अपिल गरेको छ ।

केन्द्रीय समितिको तर्फबाट एक अपील जारी गरेर नेकपाले पार्टीमाथिको प्रतिबन्ध, पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीसहितका नेताहरुको रिहाई, झुटा मुद्दा खारेज, भ्रष्टाचारी र तस्करीलाई कारवाहीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको बताएको छ ।

प्रतिबन्ध तत्काल हटाउन र गिरफ्तार नेताकार्यकर्ताहरुलाई ससम्मान विना सर्त रिहाइ नगरिए बैशाख ६ गतेबाट केपि ओलिका कार्यक्रममा प्रतिबन्ध गर्ने नेकपाले चेतावनी समेत दिएको छ ।

४ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको