बैशाख ४, साउदी । ‘संसारका श्रमिक तथा उत्पीडित जनता एकजुट हौऔं। स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर एक हौं। विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापन गरौं’ भन्ने मुल नाराका साथ साउदी मोर्चाको आसन्न चौथो अधिवेशन हुने भएको छ ।
इस्लामिकहरुको पहिलो चाड रमादान इदमा बिदाको सदुपयोग गर्दै यहि जुन ५ र ६ तारिकका दिन साउदी अरबको रियाद बथामा मोर्चाको उपल्लो कमिटीबाट एकमतले पारित गरेको हो ।
उक्त आसन्न अधिवेशन मुल आयोजक समिति मोर्चाका समयोजक तिर्थ पाख्रिनको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको छ । जस अन्तर्गत बिभागहरु तोकि जिम्मेवारी बाडफाड गरिएकोछ।
जसमध्य संगठन तथा समन्वय विभाग, आर्थिक बिभाग, ब्यावस्थापन तथा सूचना प्रसार प्रसार विभाग, मोर्चा सल्लाहकार समिति तथा समन्वय विभागहरु निर्माण गरि जिम्मेवारी बाँडफांड गरिएको नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरब चौथो महाधिवेशन मुल आयोजक समिति सुचना तथा प्रचार प्रसार बिभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस