सन्तानकाे भविष्य पनि महङ्गो पैसामा किन्नु पर्ने ?


मिना खड्का । आधुनिक शिक्षाको प्रभावले बालबालिकाहरुकाे मन, मस्तिष्कमा बाैद्धिक प्रदुषणकाे व्यापक प्रभाव देखिन थाली सक्याे । आज हाम्रो देशमा शिक्षित भनिनेहरुकाे ग्राफ जुन गतिले बढिरहेकाे छ, त्याे भन्दा बढि गतिले ईमान्दारिता, कर्मता, संयमता, त्याग, बलिदान, दया, माया जस्ता चारित्रिक गुण दिनानुदिन घटिरहेको छ ।

हामी कसैकाे मन एकनास छैन र छैन साेच्ने मस्तिष्क पनि ! समय परिवर्तनशिल छ र हामी र हाम्रो साेच विचार पनि परिवर्तनशिल बनिरहेकाे छ । हरेक अभिभावकले आफ्ना छाेरा-छाेरिलाई असल शिक्षा दिन चाहान्छन । वर्तमान समयमा शिक्षा पैसासँग जाेडिएकाे छ । शिक्षा भन्ने शब्द आफैमा महत्त्वपूर्ण रहेकाे छ ।

आजकाे २१ औं शताब्दीमा याे प्रतिस्पर्धी दुनियाकाे विकसित समाजमा शिक्षालाई मानव जीवनकाे तेस्रो आँखा समेत भन्ने गरिन्छ । हरेक अभिभावकले सन्ततिकाे उज्जवल भविष्यकाे लागि निरन्तर दिनरात रगत र पसिनासँग पैसा साट्छन ।

बालुवा चालेर र गिट्टी कुटेर पनि आफ्ना सन्ततिलाई शिक्षा दिने अभिभावकका कथा पनि नपढिएका हाेईनन् । रात दिन घाँस, दाउरा गर्दै घामलाई घाम नभनी, पानीलाई पानी नभनी अभिभावकले छाेरा-छाेरी बाेर्डिङ्ग पठाउँछन । बाेर्डिङ र सरकारी स्कुलकाे अन्तर के थाहा मेरि आमालाई जसले समाजका अधिकांश मान्छेले बाेर्डिङ पढाईएका छाेरा-छाेरि ट्यालेन्ट हुन्छन भनेकै आधारमा बाेर्डिङ पठाउँथिन ।

धनी र हुने खानेले मात्र हाेईन, हुँदा खानेले समेत आफ्ना सन्तान प्रति गम्भीर भएर साेचेका हुन्छन । सन्तानका लागि सुन्दर सपना बुनेका हुन्छन ।

शिक्षामा समानता, स्वतन्त्रता, आधुनिकता, तथा व्यावहारिकता जस्ता कुरा केवल कागजमा मात्रै सिमित रहेका छन । अहिले देशमा नाफाखाेर, निजी शिक्षण संस्थाहरुकाे अवस्था पनि हामीले नजिकबाट नियालिरहेका छाै । शिक्षामा निजीकरण र व्यापारीकरणले गर्दा शिक्षा किनबेचकाे क्रममा रुपान्तरण भैरहेकाे छ ।

वास्तविक शिक्षा त्याे हाे जसले हाम्रो साेच, हाम्रो संस्कारलाई व्यापक बनाउँछ । त्याे शिक्षा न त बाेर्डिङमा देखिन्छ, न त सरकारी स्कुलमा नै ।

देशको शैक्षिक ब्यबस्थापनलाइ हेर्दा सरकारी स्कुलहरु केवल शिक्षकले भोको पेटपाल्न जागिर खाए जस्तो, अनि निजि स्कुलहरु शैक्षिक बिक्रि गरेर ब्यापार फस्टाउने हेतुमा खोलिएको देखिन्छन ।

नत्र भने नेपालका सबै सामुदायिक बिद्यालयहरु बुटवलको कालिका मानवज्ञान बिद्यालय जस्ता उत्कृष्ट र नमुना बिद्यालय बन्न सक्थे ।

देशकाे आर्थिक उन्नतिकाे पहिलाे आधार शैक्षिक व्यवस्थापन हाे । जुन अझै हुन सकेकाे छैन । बाेर्डिङ नै बन्द गर्ने उद्देश्यले कलिला नानी-बाबुकाे मनाेआकांक्षा नै नबुझी जबरजस्ती सरकारी स्कुलमा नै पढ्नु पर्छ भन्ने निर्णय गर्नुपुर्व सरकारी स्कुलकाे सिकाईलाई व्यवस्थापन गरेकाे हुनुपर्छ ।

यदि सरकारी विद्यालयकाे पढाइलाई बाेर्डिङकाे जस्तै प्रभावकारी र व्यवस्थित बनाउन सकियाे भने बाेर्डिङ यत्तिकै बन्द हुन्छन ।

किन भने कुनै पनि अभिभावकलाई रहर छैन, दिनरात पसिना चुहाएर कमाएकाे पैसाले सन्तानकाे सुन्दर भविष्य किन्न ।

जनसमुदायकाे सशक्तीकरणकाे सबैभन्दा प्रभावकारी माध्यम नै शिक्षा प्रणाली हाे । लाग्छ समृद्ध नेपाल विद्यार्थीकाे मनाेआकांक्षा विपरीत वर्तमान समयमा संचालन भैरहेकाे सरकारी स्कुलकाे शिक्षाबाट सम्भव छैन ।

शिक्षा सुधार गर्न बाेडिङ बन्द गर्नुपर्दैन । बरु सरकारी विद्यालयकै पढाइमा व्यवस्थापन गर्न सक्ने हाे भने बाेडिङ आफै बन्द हुन्छन् । किनकि कुनै अभिभावकलाई रहर हुदैन महङ्गो पैसामा सन्तानकाे भविष्य किन्न ।

४ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको