बिप्लवको प्रबास मोर्चा साउदीले भन्यो: पार्टीमाथिको प्रतिबन्ध देशी-बिदेशी शक्तिको षड्यन्त्र


चैत्र ३, साउदी । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाको प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले आफ्नो पार्टीमाथि भएको राजनीतिक प्रतिबन्ध प्रति बिरोध जनाएको छ । राजनीतिक शक्तिमाथिको प्रतिबन्ध देशी बिदेशी शक्तिको षड्यन्त्रपूर्ण योजनामा भएको आरोप समेत लगाएको छ ।

दश वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका आन्दोलनबाट निरंकुश सामन्ती राजतन्त्रको नाम नष्ट गरेर संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा इतिहासकै कलङ्क कम्युनिष्ट नेतृत्वको दुईतिहाईको फासीवादी सरकार सञ्चालनमा रहेको मोर्चाको बिज्ञप्तिमा उल्लेख छ।

सरकारले नै विखण्डनकारी देशद्रोही सिके राउत समुहसँग नाटकिय रूपमा सहमती गरेको तर अर्कोतर्फ स्वाधिन राष्ट्र नेपालको पक्षमा उभिँदै जनजिवीकाका मुद्दा उठाउँदै आएको विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णयले सिँगो नेपाली जनसमुदायलाई चिन्ताजनक बनाएको मोर्चाले जनाएको छ।

हेर्नुहोस बिज्ञप्ति:

 

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको