चैत्र ३, चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला कमिटि सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कमिटि सदस्य बिरु लामालाई आइतबार पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव खड्काले जानकारी दिएका छन् ।
यस अघि नै राजकुमार तिम्सिना, गुणराज श्रेष्ठ, विक्रम न्यौपानेलाई पक्राउ गरि बम विष्फोटको मुद्धा चलाईएको उनले जानकारी दिए ।
नेकपा विरुद्ध प्रतिवन्ध र धरपकडमा उत्रिएको सरकारले देशैभरि विप्लवका नेता-कार्यकर्ता पक्राउ गर्न परिपत्र समेत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस