बझाङको बित्थडचिर गाउँपालिकामा ‘होली बिशेष कार्यक्रम’ उद्घाटन


जिवन सिह/चैत ३, बझाङ । ‘स्वाथ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराकासाथ आइतबार बझाङको बिथ्थडचिर गाँउपालिकामा होली विशेष क्रार्यक्रम उद्घाटन गरिएको छ ।

नेपाल क्योकुशिन बझाङले जिल्लाको दुर्गम गाँउपालिका बित्थडचिरमा होली बिशेष कार्यक्रम उदघाटन गरेको हो ।

खेलकुद विकास र बिस्तारसंगै बालबालिका, युवायुवतीलाई खेलप्रति आकर्षित गरि स्वच्छ समाज निर्माण गर्न होली बिशेष कार्यक्रम सञ्चालन गरिएको केडब्लुएफ नेपालका केन्द्रीय अध्यक्ष पुस्पलाल रोकाया ‘ज्वाला’ ले जानकारी दिए ।

उद्घाटन कार्यक्रमका सभापति केडब्लुएफ नेपाल बित्थडचिर गाउँपालिका प्रशिक्षक केशव बोहरा रहेका थिए । यस्तै, प्रमुख अतिथि बित्थडचिर गाँउपालिका वडा नं. २ वडा अध्यक्ष मानबहादुर बोहरा रहेका थिए । कार्यक्रम चैत ६ गते होलीको दिनसम्म सञ्चालन हुनेछ ।

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको