चैत ३, काठमाडौँ । अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितीका संयोजक पदम पोख्रेललाई अपहरण शैलीमा प्रहरीले बिनाकारण पक्राउ गरेको छ ।
शनिबार बेलुका ८ बजेतिर प्युठान पोख्रेलकै डेराबाट अपहरण शैलीमा बिनाकारण पक्राउ गरि अज्ञात बनाएको अखिल (क्रान्तकारी)ले जनाएको छ ।
पाेख्रेललाई अहिले जिल्ला प्रहरी कार्यालय प्युठानमा राखिएको छ । सामाजिक अपराध सम्बन्धि जबरजस्त झुठ्ठा मुद्दा लगाउन खाेजिएकाे बुझिएको छ ।
विनाकारण झुट्टा मुद्दा लगाउन खाेजिएकाे भन्दै पदम पाेख्रेलले हिरासतभित्रै भाेक हडताल गरेकाे बताएका छन् । शनिबार बेलुकादेखि अहिलेसम्म केही पनि नखाएकाे र विनाकारण झुठ्ठा मुद्दा लगाएर हिरासतमै राख्दासम्म भाेकहडताल गरिरहने पाेख्रेलले बताए ।
यसअघि पनि प्यठानबाट एकजना शिक्षिकासहित २ जनालाई आफ्नै काममा व्यस्त भइरहेको बेला विनाकारण पक्राउ गरिएकाे थियो ।
प्रतिक्रिया दिनुहोस