चैत ३, काठमाडौं । प्राेफेसन्ल किक बसिङ्गका खेलाडी अविलर घिमिरे हिम चितुवा लाई त्रिभुवन विमान स्थलमा भव्य स्वागत गरिएकाे छ ।
जापानमा सम्पन्न ‘किक बक्सिङ’ उनले ११ वटा भिडन्तमा १० वटा फाईटमा नेपालकाे झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई नेपाल सि–क्योक’सिन कराते एशोसियसन र चन्द्रागीरी नगरपालीकाले बिमानस्थलमा स्वागत गरेको हाे ।
आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसंग भिडेका अविरलले पछिल्लो पटक गत साता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए ।
ब्राजिलका खेलाडीसंग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो .दुई दर्जन बढी व्यवसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए । बिमानस्थलमा सञ्चार्कमिहरू संग प्रतिकृया दपदै उनले आगामी दिनमा खेललाई शसक्त बनाउदै लैजाने र खेलकुद बाट देशकाे नाम राेशन वनाउने वताए ।
उनलाई स्वागत गर्न नेपाल सि–क्योकी ’सिनका महासचिव ब्रान्च चिफ सुर्य बुडाथाेकी पुर्व खेलाडीहरू,सुभ चिन्तकहरूकाे भिड्लागेकाे थियाे ।
करिव दुई दर्जन व्यवसायिक किक बक्सिगं खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ बर्षिय नेपाली युवा किक बक्सर अबिरल घिमिरेले १० अाै पटक नेपालकाे झण्डा फहराउन सफल भएका थिए । साे अगाडि बाेलभिया,ब्राजिल जापन लगायतका खेलाडीहरूलाई पाखा लगाउदै सफलताकाे सिखर चुमिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस