बिप्लवका पाेलिटब्युराे सदस्य जीवन्तलाई ५ दिनकाे म्याद थप, राजद्राेहकाे मुद्दा


चैत्र ३ काठमान्डौ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाेलिटब्युराे सदस्य जीवन्तलाई जिल्ला अदालत काठमाण्डाैंले ५ दिनकाे म्याद थप गरेकाे छ । चैत १ गतेदेखि लागूहुने गरि जीवन्तलाई ५ दिनकाे म्याद थप गरेकाे हाे ।

पाेलिटब्युराे सदस्य जीवन्तलाई राजद्राेहकाे मुद्दा लगाईएकाे छ ।

त्यस्तैगरि अखिल किसान महासंघ क्रान्तिकारीका संयाेजक राजु कार्कीलाई पनि थप ४ दिन म्याद थप गरेकाे छ भने युवा संगठनका जयराम दंगाेललाई ३ दिन म्याद थप गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीका तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ ।

मोहन कार्की ‘जीवन्त’लाई शुक्रबार सादा पोसाकमा आएका प्रहरीले बेलुकी ८ बजेतिर ललितपुरबाट गिरफ्तार गरेको थियो । उनी यस अघि पनि पक्राउ परेका थिए । त्यस बेला सर्वोच्च अदालतको आदेशपछि उनि रिहा भएका थिए ।

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको