त्यो कुरा सत्य हो, रबि लामिछानेमा पत्रकारिताको राम्रो कला छैन । उनमा पत्रकार भन्दा मलाई पुलिसगिरि बढी देख्छु । बोल्ने कुनै ढंग छैन । तर मलाई रबि लामिछाने मन पर्छ । किन ?
पुलिसले पुलिसको कर्तब्य ननिभाएपछी, कानुनले न्याय नदिएपछी, सरकारले जनताको काम नगरेपछि, समाजमा जातिय बिभेदले जरा गाडेपछी कोहि पत्रकारको रुपमा रबि लामिछानेहरु निस्किन्छन् । कोहि बर्गिय मुक्ति लागि बिप्लवहरु निस्किन्छन् ।
हुँदा-हुँदै अचम्म त यो छ, अस्थिर व्यवस्थालाई ढाल बनाएर देश टुक्र्याउने बिखन्डनकारी अराजक तत्व सिके राउतहरु जन्मिए र तिनै कुतत्व संग घांटी जोडे ।
यो राज्यको कमजोरी हो । जो जन्मिए तिनिहरुलाई महान सम्झिनु पर्छ । प्रचन्ड पनि यहि बिभेदले जन्माएका एउटा पात्र हुन् ।
अब मलाइ उत्तर दिनुस…!
यदि कुनै घुस्याहा कर्मचारीले घुस नखाने हो भने रबि लामिछानेले बोल्न पाउथे ? यदि कुनै ठेकेदारले बिकाशका योजनाहरुमा हेल्चेक्र्याई नगरेको भए रबिले चिच्याउन पाउथे ? यदि समाजमा कानुनको राम्रो अभ्यास हुन्थ्यो भने कोहि बलात्कारको सिकार हुन्थ्यो र रबिले बोल्न पाउथे ?
यदि राम्रो नेता हुने हो भने मुलुक बन्छ, बनेको मुलुकवाट कोहि बिदेशिन्छ ? कोहि अलपत्र हुन्छ ? अनि रविले चिच्याउन पाउथे ?
अब दोष कसको ? राज्यको कि रबि लामिछानेको ?
रबि लामिछाने त एउटा परिणाम हो, कारण होइन । उ कारणले निम्त्याएको पात्र हो । उसलाई दोष नदिउँ । दोष नेताहरुको छ । दोष हाम्रै छ । हाम्रो अन्धभक्त नै हाम्रो ठूलो दोष हो ।
हामी अन्धभक्तवाट मुक्त होऔं । हामी जति अन्धा हुन्छौं त्यति दु:ख पाउछौँ । एकपटक आँखा खोलौ र बाहिर हेरौं । हामी आफैलाई हेरौं । हामी कहाँ छौँ ? कुन धरातलमा उभिएका छौँ ? यसको कारण हामी अन्धभक्त भएर नै हो । हामी नेताहरुलाई बढी बिश्वास गर्यौँ । देश बिग्रेको नेतालाई बढी स्वतन्त्र दिएर हो ।
गलत गरेपनि ‘एस म्यान’ । सहि गरेपनि ‘एस म्यान’ । जे गरे पनि ‘एस म्यान’।
आलोचना ठुलै मान्छेको हुन्छ । प्रचन्ड डुबे देश डुब्ने हो । देश डुबे हामी सबै डुब्ने हो । प्रचन्ड खराव भए देश खराव हुने हो । त्यसैले प्रचन्ड बिग्रेकोमा सबैलाई चिन्ता छ । रवि लामिछानेलाई पनि चिन्ता छ । किनभने उ पनि यो देशको नागरिक हो । हामी पनि त नागरिक नै हौं ।
तर हामी र उनिमा एउटा फरक छ, हामी अन्धभक्त हौं । उ अन्धभक्त होइन । हामी ‘एस म्यान’ हौं । उ ‘एस म्यान’ होइन ।
हाम्रो अन्धभक्तले प्रचन्डको उचाई चुलिएको होइन बरु होचिएको छ । हाम्रो अन्धभक्तले यी दुईको उचाई नाप्न खोज्यौं र प्रचन्डको उचाई घटायौं । रबिको उचाई र प्रचन्डको उचाई कहाँ हो कहाँ फरक । प्रचन्डको लामो गौरबशाली ईतिहास छ । तै पनि म रबि लामिछानेकै पक्षमा छु ।
तर उसको अन्धभक्त होइन । फेरि पनि भन्छु, उ राम्रो पत्रकार होइन, यदपी मलाई उ मन पर्छ ।
प्रतिक्रिया दिनुहोस