चैत ३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका जाँदै छन् ।
श्रीमती सीता दाहालको उपचाकार लागि अध्यक्ष प्रचण्ड आज साँझ अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ ।
साथमा छोरीज्वाइँ गंगा दाहाल र जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ । चिकित्सकले सीता दाहाललाई पार्किन्सन भएको बताएका छन् ।
जसको उपचारका लागि उनलाई यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लान लागिएको हो ।
गत असोजमा सीताको उपचार सिंगापुरमा भएको थियो । उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छन् । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।
प्रतिक्रिया दिनुहोस