अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले पुनलाई बिदाइ गर्यो


चैत्र ३, साउदी । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले क्षेत्रीय कमिटी दमामका संयोजक प्रेम पुनमगर लाइ बिदाइ गरेको छ । प्रवासको बसाइलाइ बिट मार्दै स्वदेश फर्किदै गरेका पुनलाई १५ मार्चका दिन छेत्रीय कमिटि दमामको एक कार्यक्रम बीच बिदाइ गरेको जनाएको छ ।

क्षेत्रीय कमिटि दमामका अध्यक्ष चक्र पुनको अध्यक्षतामा सम्पन्न बिदाइ कार्यकममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी साखाका केन्द्रिय कोषअध्यक्ष भिम बहादुर बुढामगरको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अतिथिमा तमुधी प्रवास साखा साउदीका केन्द्रिय महिला उपाध्यक्ष तथा दिदीबहिनी समुह साउदीका अध्यक्ष तुलसी माया गुरुङ र नेपाल मगर संघ साखा साउदीका महिला उपाध्यक्ष धन कुमारी पुनको रहेको थियोे। साथै अतिथिहरुमा केन्द्रिय प्रमुख सल्लाहकार रमेश बुढामगर र दिपक थापा साथै क्यान्सर पीडित बालबालिका बचाउ अभियानका दीपेन्द्र घर्ती, क्षेत्रीय कमिटी दमामका प्रमुख सल्लाहकार चुन बहादुर बुढा र उपाध्यक्ष धन झाँक्रीको रहेको थियोे । कार्यक्रममा अन्य रोल्पाली, गैर-रोल्पाली दिदीबहिनी दाजुभाइहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाइ क्षेत्रीय कमिटी दमामका महासचिव हरि बहादु खत्री र सचीव सुनामी मगरले संचालन गरेका थिए । बिदाइ कार्यक्रममा संयोजक पुनले संस्थालाइ दिएको योगदानको उच्च कदर गर्दै सस्थाको तर्फबाट क्षेत्रीय कमिटी दमामका अध्यक्ष चक्र पुन र प्रमुख अतिथि भिम बहादुर बुढामगरले खादा ओढाएर कदरपत्र हस्तान्तरण गरेका थिए । साथै प्रमुख सल्लाहकारहरु रमेश बुढामगर र दिपक थापाले सस्थाको तर्फबाट मायाको चिनो हस्तान्तरण गरेका थिए। प्रेम पुनमगरले साउदीमा संस्था स्थापनाकाल देखि हालसम्म क्षेत्रीय कमिटी दमामको संयोजक जिम्मेवारी निर्बाह गर्दै संस्थाप्रति महत्वपुर्ण भूमिका खेलेको स्मरण गर्दै पुनको योगदान बारे चर्चा गरिएको थियो ।

साउदीका केन्द्रिय अध्यक्ष नरेन्द्र घर्तिले शुभयात्रा सन्देश मार्फत संस्थामा पुनको अभाब सधै खड्कीरहने बताउदै उहाको योगदानबाट शिक्षा लिंदै अझ लगनसिल भएर लाग्नु पर्ने बताएका थिए ।

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको