दाङका एक युवकको ट्रक दुर्घटनामा मृत्यु, दुई जना घाइते


चैत ३, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीस्थित खरकट्टा जंगलमा दुई ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

बिग्रिएर रोकेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किएको हो । मृत्यु हुनेमा दाङका १८ वर्षीय अनराम रुखाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका ३० वर्षीय सुदीप राई र २३ वर्षीय विनोद लामाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिग्रिएर रोकेर राखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको