मन्त्रिमण्डल हेरफेरको चर्चा, ओली र प्रचण्डको निवासमा पद जोगाउनेको लर्को


चैत ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् ।

मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसक्नुभएको छ । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका छन् ।

मन्त्री फेरिने छलफलसँगै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्री ओलीले तयारी गरिसकेका छन्। लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर मन्त्रिमण्डल फेरबदल गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री र प्रचण्डबीच मन्त्री हेरफेरको बारेमा छलफल भएपछि केही मन्त्रीहरुले भने आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको