रोल्पाका प्रमुख खत्रीको नागरिकता काण्ड संसदमा पुग्यो, सांसदद्वारा कार्बाहीको माग (भिडियो सहित)


चैत्र ३, काठमाडौं । दुइवटा नगरिकता लिएर किर्ते गर्ने रोल्पा गङ्गादेब गाउपालिकाका प्रमुख बिर बहादुर खत्रीको नागरिकता बिषय संसदसम्म पुगेको छ । बिहीवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अनिता देवकोटाले दुइवटा नगरिकता लिएका अध्यक्ष खत्रीलाई कारबाही गर्न माग गरेकी हुन ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले अध्यक्ष खत्रीको नागरिकता छानविन गरेर अलग अलग समयमा दुइवटा नगरिकता लिएको ठहर गरेको छ । जिल्ला प्रशासन कार्यलय रोल्पाका अनुसार ललितपुरको खुमलटारमा रहेको राष्ट्रिय विधि प्रयोगशालाले दुबै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गरेको बताएको छ ।

तस्बिर: प्रमुख बिर बहादुर खत्री

खत्रीले २०४२ साल मंसिर १० भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको नागरिकता र २०४६ वैशाख १५ वीरबहादुर खत्रीको नाम १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको छ ।

अध्यक्ष खत्रीले किर्ते कागजात प्रयोग गरेर दुइटा नगरिकता लिएको उजुरी स्थानीय हरिबहादुर पुनले २०७४ माघ १७ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा दिएका थिए । पुनको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय रोल्पाले छानविन अगाडि बढाएको थियो ।

अध्यक्ष खत्रीको दुइवटा नागरिकतालाई जिल्ला प्रशासन कार्यालय रोल्पाले २०७५ असोज २६ गते राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाले २०७५ कात्तिक ५ गते रोल्पालाई पत्राचार गरेर परीक्षणबाट दुबै नागरिकता एउटै व्यक्तिको रहेको रिपोर्ट पठाएको थियो ।

दुईवटा नागरिकता लिएको पुष्टि भैसक्दा पनि लिएका अध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गर्नुको साटो गृहमन्त्रालयले संरक्षण गरेर राखेको सांसद देवकोटाले खुलासा गरेकी छन ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले दुइटा नागरिकता लिएको प्रकरणमा छानविन गरिरहेका बेला गृहमन्त्री थापाको ठाडो आदेशमा अध्यक्ष खत्रीको सबै कागजातहरू गृह मन्त्रालयमा झिकाएर फाइल गायब बनाइएको सांसद देवकोटाले आरोप लगाएकी छन ।

नागरिकता ऐन ०६३ ले दुई नागरिकता लिएको व्यक्तिलाई कडा सजायको व्यवस्था गरेको छ । दुई वटा नागरिकता लिएको पुष्टि भएमा पहिलाको नागरिकता कायम गरी दोस्रो नागरिकता रद्ध गर्ने व्यवस्था छ ।

झुठो विवरणमा नागरिकता लिएको पुष्टि भएमा १ देखि ५ वर्ष कैद वा ५ देखि १ लाखसम्म जरिवाना वा दुबै सजाय हुनेछ व्यवस्था कानूनमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा खत्री तत्कालीन माओवादीबाट रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

हेर्नुहोस भिडियो:

३ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको