कतार नेपाली एकता समाजको एरिया भेला सम्पन्न अध्यक्षमा मीन बहादुर बिक


रेशम रोका मगर/ १६ फेब्रुअरी । कतार नेपाली एकता समाजको एरिया भेला सम्पन्न भएको छ । भर्खरै सम्पन्न भएको भेलाले मीन बहादुर विकलाई अध्यक्ष चयन गरेको छ ।

१५ फेब्रुअरी २०१९ का दिन कतार नेपाली एकता समाज अन्तर्गत सलता एरिया समितीको भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । एकता समाजका केन्द्रिय सचिवालय सदस्य लुमाकान्त पुनको प्रमुख आतित्य र विशेष अथिति केन्द्रिय सल्लाहकार सदस्य सत्य बहादुर पुनको उपस्थितिमा सलता एरिया समितीका अध्यक्ष सालिकराम पुनको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलाले अध्यक्षमा मीन बहादुर बिक, उपाध्यक्षमा बम बहादुर बुढा, सचीवमा तेजबिर घर्ति मगर, कोषाध्यक्षमा डिल बहादुर बिक र सदस्यहरुमा क्रमशः होम बहादुर थापा, अगुन चौधरी, मीन बहादुर पुन, तेजबहादुर घर्ती र केशर चयन गरेको छ । सल्लाहकार सदस्यमा सत्यबहादुर पुन, लुमाकान्त पुन, मिनराज पुन सहित जम्मा ९ पुर्ण सदस्य सहित ३ सल्लाहकार समिती गठन गरेको छ ।

उक्त भेलाका प्रमुख अथिती लुमाकान्त पुनले समसामयिक विषयबस्तु र सगठन सम्बन्धि धारणा राखेका थिए भने भने कार्यक्रम सन्चालन एरिया सचिब तेज वीर घर्ती मगरले गरेका थिए । नयाँ कार्यसमितिलाई विशेष अतिथी सत्य बहादुर पुनले बधाई तथा सफलकार्यकालको शुभकामना दिएका थिए ।

५ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको