प्रथम थबाङ गाउँपालिका कप उद्घाटन (फोटोफिचर)


मनिषा राई/माघ ३, रोल्पा माघ । रोल्पाको थबाङ गाउँपालिकामा प्रथम थबाङ गाउँपालिका कप उद्घाटन भएको छ । थबाङ गाउँपालिकाको आयोजनामा प्रथम थबाङ गाउँपालिका कप प्रतियोगीताको उद्घाटन नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले गर्नुभएको थियो ।

थवाङ गाउपालिका अध्यक्ष बिर बहादुर घर्तीको अध्यक्षतामा उद्घाटन गरीएको कार्यक्रमको उद्घाटन गर्दै उर्जामन्त्री पुनले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले यसको विविधतासँगै धार्मिक तथा सांस्कृतिक आदान प्रदानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताउनुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले जिल्लाका सबै वडामा विद्युत्् विस्तार गर्ने गरी चालू आर्थिक वर्षमा रु २९ करोडको बोलपत्र भइसकेको र थप रु ३२ करोडकोसमेत बोलपत्र गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो ।

जिल्लामा यातायात, सञ्चारजस्ता क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै विद्युत्लाई समेत सँगसँगै जोड््न जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । उहाले रोजगारीको ग्यारेन्टी ऐन पारित भएकोले बेरोजगारको अन्त्य हुने जानकारी गराउदै सहिदमार्गको होलेरी घर्तीगाउ तत्काल कालेपत्रे हुने समेत बताउनुभयो ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पाका बिभिन्न गाउपालिकाका जनप्रतिनिधि, जिल्ला स्थित बिभिन्न मिडियामा आवद्ध पत्रकार, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको समेत सहभागिता रहेको थियो ।

हामी सबैको दाइत्व, संस्कृति पर्यटनमा स्थाइत्व भन्ने मुल नाराका साथ उद््घाटन गरिएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष रामकिरणी रोकामगरले स्वागत गर्नुभएको थियो भने सन्चालन गाउपालिका प्रमुख प्रशासकिय अधिकृत सुर्यलाल बिकले गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका तथा नगरपालिका स्तरीय पुरुष तथा महिला भलिबल, तारो हान्ने, लोकदोहरी, मगर खाम भाषा कविता, प्रम्परागत मगर भेषभुषा प्रर्दशनी त्यसैगरि सामूहिक तथा एकल नृत्य, स्याम्भो, सालै जो र फाङक गीत लगायतको प्रतियोगीता आयोजना गरिएको छ ।

प्रतियोगितामा बिजेता टिमले पुरुष तथा महिला भलिबलको पुरस्कार राशि क्रमश प्रथम पुरस्कार १ लाख ५० हजार कप प्रमाण पत्र मेडल, दास्रो १ लाख प्र्रमाण पत्र मेडल, तेस्रो ७५ हजार प्रमाण पत्र मेडल र सान्त्वना पुरस्कार ५० हजार सहित प्रमाण पत्र मेडल प्राप्त गर्नेछन्् ।

पुरुष तथा महिला भलिबलमा एक स्थानीय तहबाट एक एक टिमले मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । बाँकी प्रतियोगीतामा स्थान हासिल गर्ने खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था रहेको छ । बिभिन्न झाकि समुहको प्रस्तुति रहेको कार्यक्रम माघ ६ गते सम्म सञ्चालन हुने छ ।

हेर्नुहोस माघी दृश्यहरु:

फोटो: शौजन्य मनोज घर्ती मगर

 

२०७५ माघ ३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको