विप्लव नेकपाका नेता विश्वको खुलासा: ‘हामीले पनि हिरासत बनाएका छौँ’


माघ ३, सल्यान । नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा`विश्व´ले अाफ्ना नेता कार्यकर्तालाई धरपकड गरे अाफूहरूले पनि नछाेड्ने चेतावनी दिनुभएकाे छ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला शाखा सल्यानले गरेकाे कार्यक्रमा बाेल्दै विशेष अतिथि विश्वले सरकारले अाफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखे अाफूहरूले पनि हिरासत तयार गरेकाे चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे,’हाम्रा कार्यकर्ता पक्राउ गरेर हिरासतमा राख्ने हाे भने सिडियाे डिएसपी हाेस वा जनप्रतिनीधिलाई राख्ने हिरासत हामीले पनि बनाएका छाैं ।’

ईन्चार्ज विश्वले अहिले सुरक्षा निकायसंग लड्ने भिड्ने याेजना भने नभएकाे प्रष्ट पार्नुभयाे । उहाले अाफूहरू गलत गतिविधीकाे विराेधमा मात्रै रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,` हामी सुरक्षा निकायसंग लड्नेभिड्ने कुनै याेजना छैन तर दु:ख दिए चुप नलाग्ने चेतावनी दिनुभयाे । उहाँले पत्रकार संगठनमा कुनै विवाद नरहेकाे पनि प्रष्ट पार्नुभयाे ।

केही स्वार्थ पूरा नभएका मान्छे बाहिरिएर केही फरक नपर्ने स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे, ‘केहिले बाहिर हल्ला गर्ने प्रयास गरेका छन् त्याे गलत हाे हाम्राे निकटकाे क्रान्तिकारी पत्रकार संगठन, नेपालकाे अध्यक्ष प्रकाश डुम्रे जी हाे बाँकी कारवाहि परिसकेका ब्यक्ति हुन, परिचालित र स्वार्थ पूरा नहुनेहरू गए केही हुन्न । ईन्चार्ज विश्वले सल्यानमा क्रान्तिकारी पत्रकार संगठनमा केही समस्या नभएकाे र कार्वाहीमा परेकाकाे हल्लाकाे कुनै तुक नभएकाे बताउनुभयाे । उहाँले पार्टीले लगानी गरेकाे मिडयामा केही अराजकहरूले दुरूपयाेग गरेकाे भन्दै यसलाई छिट्टै ब्यवस्थापन गर्ने स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे र विशेष अतिथिमा महासचिव हिम विष्ट हुनुहुन्थ्याे । संगठनका अध्यक्ष याेगराज विककाे अध्यक्षता सम्पन्न कार्यक्रमकाे सञ्चालन सचि खकेन्द्र केसीले सञ्चालन गर्नुभएकाे थियाे ।

२०७५ माघ ३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको