राज्यले साना मिडियालाई बन्दगर्ने षड्यन्त्रमा लागेको डुम्रेको खुलासा [फोटो फिचर]


माघ ३, सल्यान । नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ला शाखा सल्यानले आज बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रम जिल्लाको सदरमुकाम खलंगा बालमन्दिरमा सम्पन्न गरेको हो ।

‘जनपक्षीय पत्रकारिता आजको आवश्यकता’ बिषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले राज्य पक्षबाट जनपक्षीय पत्रकारिता कमजोर पार्ने षड्यन्त्र भईरहेको टिप्पणी गरेका छन् । कार्यक्रममा बोल्दै डुम्रेले राज्यले योजनाबद्ध ढंगले मिडिया र मिडियार्मिलाई दमन गर्ने योजना लिएको बताए ।

सरकारले जनताका आवाज बन्द गर्न साना मिडियामा हस्तक्षेप गर्ने र ठुला मिडियालाई विज्ञापन दिएर रोक्ने हर्कत गरेको बताए । साना र ठुला मिडियालाई सरकारको हेर्ने दृष्ट्रिकोण फरक भएको भन्दै उनले साना मिडियालाई बन्द गर्न तिर सरकार लागेको खुलासा गरेका थिए ।

डुम्रेले भने ‘कुनै व्यक्तीले ब्यबसायीक लगानी गरेका मिडियालाई बन्देज गर्न खोज्नु पत्रकारिताको घाँटी निमोठिए जस्तै हो’ । लगानी र समाचारको पाटो फरक भएको बताउदै उनले सत्य समाचार लेख्न पत्रकार नडराउनु पर्ने बताए ।

नेपालका ठुला मिडिया हाउसहरुलाई बिज्ञापनमा समाचार बेच्ने गरेको दुम्रेले आरोप लगाएका छन । अध्यक्ष डुम्रेले भने ‘अहिले नेपालका ठुला मिडिया विज्ञापन पाएमा समाचार राम्रो लेख्ने र नपाएमा लेख्दै नलेख्ने गर्दा पत्रकारिताको बदनाम भएको छ ।’ उनले भने, ‘पत्रकारका नाममा संगठन खोल्दै आइएनजियो बनाएर डलर कमाउने काम गरेका छन् ।’

सत्य समाचार लेखन पत्रकार डराउनु नपर्नेमा जोड दिंदै उनले भने, ‘पत्रकारले कुनै डर, धम्की र प्रलोभनमा परेर समाचार लेख्ने काम नगर्नु होला । पत्रकारले संधै सत्य र जनपक्षीय भएर कलम चलाउनु होला, गल्ती गर्ने जो कोहिलाई खबरदारी गर्न नछोड्नु, उनले भने।’

‘भ्रममा नपरौ, डुम्रेको टिमलाई साथ् दिउ’ -डिल्लीराज शर्मा ‘विश्व’

कार्यक्रमका विशिष्ट अथिती नेपाल कम्युनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’ले सरकार पत्रकार सँग मात्रै डराउने गरेको बताएका छन् । बन्दुक भन्दा पत्रकारको कलम बलियो भएकाले सरकार पत्रकार सँग डराएको उनले तर्क गरे ।

सरकारले आफ्ना पार्टीका मान्छेलाई धरपकट गरे, आफुहरुले पनि धरपकट गर्ने चेतावनी समेत शर्माले दिएका छन ।

आफ्नो पार्टी निकटको पत्रकार संगठन प्रकाश डुम्रेको नेतृत्वमा भएको भन्दै उनले बाहिर अन्य संगठनको हल्लाको पछी नलाग्न अनुरोध गरेका छन्, उनले भने ‘त्यो हल्ला मात्रै फैलिएको हो’ । पार्टीले कारबाही गरेका केहि व्यक्तीले पार्टी बिनाको संगठन बनाएर कार्यक्रम गर्नुको कुनै औचित्यत नभएको भन्दै, उनले कसैलाई भ्रममा नपरेर डुम्रेको नेतृत्वमा रहेको पत्रकार संगठनलाइ साथ दिन आग्रह गरेका छन् ।

पोष्टपाटीका सम्पादक चन्दलाई सल्यानमा अभिनन्दन

पोष्टपाटी डटकमका प्रधान सम्पादक गोपाल चन्दलाई क्रान्तिकारी पत्रकार संगठन नेपाल सल्यानले आजै अभिनन्दन गरेको थियो । अन्तरक्रिया कार्यक्रम बिचमा चन्दलाई अभिनन्दन गरेको थियो ।

मंसिर ११ गते प्रहरी द्वारा गिरफ्तार भएका सम्पादक चन्दलाई काठमाडौं जिल्ला अदालतले मङ्सिर २८ गते रिहा गरेको थियो ।

कार्यक्रममा उत्साहजन सहभागीता 

अन्तरक्रिया कार्यक्रम अत्यन्त उत्साहपूर्ण ढंगले सफल भएको क्रान्तिकारी पत्रकार संगठन सल्यानले जनाएको छ । जिल्ला स्थित विभिन्न मानवअधिकारकर्मी, कानुन व्यवसायी, वकिल, बुद्धिजीवी, शिक्षक, पत्रकारहरुको सहभागीता भएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे रहेका थिए भने विशिष्ट अतिथिमा नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’ रहेका थिए ।

अन्य अतिथिहरुमा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय महासचिव हिम विस्ट, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य टेकराज शाही, अकोरावका कर्णाली प्रदेश संयोजक रमेश कुमार गौतम, क्रान्तिकारी पत्रकार संगठनका राप्ती-लुम्बिनी संयोजक दिपेश विस्ट, क्रान्तिकारी पत्रकार संगठन भेरी-कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसि, मानवअधिकार कर्मी दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ सल्यान शाखाका सहसचिव सिव डाँगी लगाएत रहेका थिए ।

उपस्थित अथितिहरुद्वारा मन्तव्य राख्ने कार्य भएको थियो । संगठनका जिल्ला अध्यक्ष योगराज विकको सभाअध्यक्षता र उपाअध्यक्ष विरेन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सचिव खेकन्द्र केसीले गरेका थिए ।

३ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको